महिलाहिंसा विरूद्धको अभियानमा एनआरएनए जापानले सुरुवात

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

पछिल्लो चरणमा नेपालमा दिनानूदिन महिला हिंसा ,चेलिबेटी बेचबिखन ,जबरजस्ति करनी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको पिडितपक्षले न्याय नपाइ बिक्षिप्त बन्नू पर्ने अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लडनको लागी एनआरएनए जापान ले यो अभियान शुरू गरेको एनआरएन जापानका प्रवक्ता पर्शु बस्नेत जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानकाे उक्त अभियानलाई सार्थक र प्रभावकारी बनाऊँने पवित्र उध्येश्यमा नेपालमा महिला हिंसा र चेलिबेटी बेचबिखनबिरुद्ध सक्रिय संस्था माइती नेपाल ,सामाजिक अनलाइन संजाल रेस्पेक्ट एण्ड राइज संग सहकार्य गर्ने सहमति गरेको छ ।साथै यो अभियानमा अन्नपूर्ण मिडियाले समेत साथ दिने भएको छ।

नेपालमा महिला तथा किशोरीहरुमा हुने गरेका यौनहिंसा जबरजस्तीकरनी र हत्या जस्ता जघन्य अपराधका बिरूद्ध कानूनी उपचारसंगै आर्थिक तथा भौतिक र नैतिक सहयोग जुटाउने उद्देश्यले शुरू भएको एनआरएनए जापानको उक्त अभियानमा अक्षयकोष लगाएतको व्यवस्थापकीय जिम्मेवारी माइती नेपालले गर्ने भएको हो ।

उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल पाँच लाख रूपैयाँको अक्षयकोष स्थापनाबाट शुरू गरेको छ।भने अभियानमा थप आर्थिक स्रोत जुटाउदै अघिबढ़ने सहमति गरेको छ। 

यसै साता भएको  सहमतिपत्रमा एनआरएनए जापानका अध्यक्ष टाशी वांगदी लामा ,माइती नेपालका कार्यकारी निर्देशक बिस्वराम खड्का ,  रेस्पेक्ट एण्ड राईज का निर्देशक राजीब श्रेस्ठ तथा अन्नपूर्ण मिडियाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद पौडेलले संयुक्त सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ।

सहकार्य हस्ताक्षर कार्यक्रममा माईती नेपालकी अध्यक्ष तथा प्रदेश नम्वर तीनकी प्रमुख अनुराधा कोइरालाले एनआरएनए जापानको नयाँ अभियानले हिंसा प्रभावितहरूले उपचार तथा कानूनी कार्यमा दरिलो साथ पाउने जानकारी दिनुभयो ।

एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले नेपालमा हुने गरेका महिला तथा बालबालिकाहरू माथी हुने महिलाहिंसा , जबरजस्तीकरनी ,हत्या जस्ता कूकार्यको विरूद्ध  कुनै पनि अवस्थामा आर्थिक ,सामाजिक तथा नैतिक साथ र सहयोग गर्न विश्वभरि रहेका नेपालीहरू एकजुट भएर साथ दिने जानकारी दिनुभयो ।

यस अभियानमा सहभागी हुन चाहने विश्वको जुनसुकै कुनामा रहेका नेपालीले सामाजिक संजाल रेस्पेक्ट एण्ड राईज मोवाइल एप्स मार्फत सिधै सहयोग रकम हस्तान्तरण गर्न सक्ने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो । अनलार्इन मार्फत गरिने सहयाेगकाे विवरण रेस्पेक्ट एण्ड राईजले विस्तृत रूपमा राख्ने जनाएकाे छ।

एनआरएनए जापानले यस पवित्र महान अभियानमा सहभागी हुन विश्व भरिका रहनु भएका गैरआवासीय नेपाली हरू सहित सम्पूर्ण नेपालीहरुमा अपील गरेको छ । सहयोगका लागि निम्न लिंकबाट रकम हस्तान्तरण गर्न सकिनेछ ।

Bishawas Acharya

Recent Posts

ताप्लेजुङमा बोलेरोमा आगलागी: चार जनाको ज्यान गयो, दुई घाइते

फुङ्लिङ (ताप्लेजुङ), वैशाख ९ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा बोलेरो गाडीमा भएको आगलागीमा परी…

55 years ago

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago