महिलाहिंसा विरूद्धको अभियानमा एनआरएनए जापानले सुरुवात

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

पछिल्लो चरणमा नेपालमा दिनानूदिन महिला हिंसा ,चेलिबेटी बेचबिखन ,जबरजस्ति करनी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको पिडितपक्षले न्याय नपाइ बिक्षिप्त बन्नू पर्ने अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लडनको लागी एनआरएनए जापान ले यो अभियान शुरू गरेको एनआरएन जापानका प्रवक्ता पर्शु बस्नेत जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानकाे उक्त अभियानलाई सार्थक र प्रभावकारी बनाऊँने पवित्र उध्येश्यमा नेपालमा महिला हिंसा र चेलिबेटी बेचबिखनबिरुद्ध सक्रिय संस्था माइती नेपाल ,सामाजिक अनलाइन संजाल रेस्पेक्ट एण्ड राइज संग सहकार्य गर्ने सहमति गरेको छ ।साथै यो अभियानमा अन्नपूर्ण मिडियाले समेत साथ दिने भएको छ।

नेपालमा महिला तथा किशोरीहरुमा हुने गरेका यौनहिंसा जबरजस्तीकरनी र हत्या जस्ता जघन्य अपराधका बिरूद्ध कानूनी उपचारसंगै आर्थिक तथा भौतिक र नैतिक सहयोग जुटाउने उद्देश्यले शुरू भएको एनआरएनए जापानको उक्त अभियानमा अक्षयकोष लगाएतको व्यवस्थापकीय जिम्मेवारी माइती नेपालले गर्ने भएको हो ।

उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल पाँच लाख रूपैयाँको अक्षयकोष स्थापनाबाट शुरू गरेको छ।भने अभियानमा थप आर्थिक स्रोत जुटाउदै अघिबढ़ने सहमति गरेको छ। 

यसै साता भएको  सहमतिपत्रमा एनआरएनए जापानका अध्यक्ष टाशी वांगदी लामा ,माइती नेपालका कार्यकारी निर्देशक बिस्वराम खड्का ,  रेस्पेक्ट एण्ड राईज का निर्देशक राजीब श्रेस्ठ तथा अन्नपूर्ण मिडियाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद पौडेलले संयुक्त सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ।

सहकार्य हस्ताक्षर कार्यक्रममा माईती नेपालकी अध्यक्ष तथा प्रदेश नम्वर तीनकी प्रमुख अनुराधा कोइरालाले एनआरएनए जापानको नयाँ अभियानले हिंसा प्रभावितहरूले उपचार तथा कानूनी कार्यमा दरिलो साथ पाउने जानकारी दिनुभयो ।

एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले नेपालमा हुने गरेका महिला तथा बालबालिकाहरू माथी हुने महिलाहिंसा , जबरजस्तीकरनी ,हत्या जस्ता कूकार्यको विरूद्ध  कुनै पनि अवस्थामा आर्थिक ,सामाजिक तथा नैतिक साथ र सहयोग गर्न विश्वभरि रहेका नेपालीहरू एकजुट भएर साथ दिने जानकारी दिनुभयो ।

यस अभियानमा सहभागी हुन चाहने विश्वको जुनसुकै कुनामा रहेका नेपालीले सामाजिक संजाल रेस्पेक्ट एण्ड राईज मोवाइल एप्स मार्फत सिधै सहयोग रकम हस्तान्तरण गर्न सक्ने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो । अनलार्इन मार्फत गरिने सहयाेगकाे विवरण रेस्पेक्ट एण्ड राईजले विस्तृत रूपमा राख्ने जनाएकाे छ।

एनआरएनए जापानले यस पवित्र महान अभियानमा सहभागी हुन विश्व भरिका रहनु भएका गैरआवासीय नेपाली हरू सहित सम्पूर्ण नेपालीहरुमा अपील गरेको छ । सहयोगका लागि निम्न लिंकबाट रकम हस्तान्तरण गर्न सकिनेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago