कृषि विकास बैंकको नौटङ्कीले गर्दा जन्तेढुङगा गाउँपालिकामा अरु बैंक आउन सकेनन्

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिकामा कुनै पनि बैंक स्थापना नहुँदा आर्थिक कारोबार गर्न समस्या भएको छ । जिल्लामा दश स्थानीय तहमा करीव बैंक स्थापना भइसके पनि जन्तेढुङ्गा गाउँपालिकामा अहिलेसम्म बैंक कारोबार गर्न ठूलो समस्या भएको हो ।

गाउँपालिकास्थित चिसापनीमा रहेको कृषि विकास त्यस बैंकलाई गाउँपालिकाको कारोवार गर्न राष्ट्रिय वाणिज्य बैंकले अनुमती नदिंदा सानोदेखी ठूलोसम्मको बैकिंङ कारोवार गर्न समस्या भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिए ।
जन्तेढुंगा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकबाट ‘क’ बर्गको इजाजत मान्यता प्राप्त सनराईज बैंक आउनलाई टुंगो लागेको थियो ।

कृषि विकास बैंकले आफै कारोवार गर्न सक्छौ भनेर फर्काइ दिएछ । गाउँपालिका प्रमुख राइले भने, “बैंकका लागि हामीले वर्षको डेढ लाखमा घरसमेत पक्कापक्की गरीसकेका थियौ । बिडम्बना बैंक आएन । भएको कृषि विकास बैंकले कारोवार गर्दैन । सम्बन्धित निकायसम्म हाम्रो आवाज पु-याइदिनु प-र्यो ।”सदरमुकाम दिक्तेलबाट भौगालिक रुपमा टाढा रहेको उक्त स्थानका गाउँपालिका र पालिकावासी दुई तीन दिन धाएर बैंकिङ कारोवार गर्दै आएका छन् ।

विभिन्न योजना सञ्चालनका लागि निर्माण उपभोक्ता समिति बनाउनुपर्छ । एक स्रोतले भन्यो, ‘उक्त समितिलाई हामी चेक दिन्छौ । अध्यक्ष÷कोषाध्यक्षको हस्ताक्षर गरेर एकजना खोटाङबजार बैंक जान्छन् । कदाचित सही नमिल्दा उहाँहरुको समय त्यतिकै खेर जान्छ । फेरी एकपटकमा खोटाङबजार बैंकले १ लाखभन्दा माथि पैसा दिदैंन । अनि, समिति काममा भन्दा धेरै गाउँपालिका र बैंक धाउनुपर्ने बाध्यता छ ।’

गाउँपालिकामा कम्तीमा एक पटकमा दश लाखको चेक भुक्तानी गर्ने तथा २६ करोडसम्मको कारोवार गर्न सक्ने बैंकको आवाश्यक रहेको गाउँपालिकाले जनाएको छ । बैंक नभएकै कारण शिक्षकहरुलाई माशिक रुपमा गाउँपालिकाले दिंदै आएको तलबसमेत शिक्षकले बेलामा पाउन सकेका छैनन् ।

हाल गाउँपालिकाले एक दिनको वाटो खोटाङबजार, अन्य जिल्ला उदयपुरको बेल्टार बजार, विराटनगर र दिक्तेलबाट बैंक कारोवार गरीरहेको छ । ताकि गाउँपालिकाबाट सदरमुकाम दिक्तेलबजार दुइ दिनको पैदल यात्रामा मात्र पुग्न सकिन्छ ।

>>>> अोलाइन खबर बाट सभार >>>>

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago