कान्साईमा निशुल्क शिविर हुँदै, मुटुको भिडियो एक्सरे देखी मानसिक, मधुमेह, स्त्री रोगको निशुल्क स्वास्थ्य जाँच ।

जापानको कान्साई क्षेत्रमा बस्नुहुने नेपालीहरुको लागि यही अगष्ट १३ तारिखमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ओएनएस र स्टार ग्रुपको आयोजनामा हुन लागेको निस्शुल्क स्वास्थ जाँच तथा परामर्श शिविरमा एक दर्जन नेपालका डाक्टर तथा नर्सहरुले सेवा प्रदान गर्ने भएका छन् ।

कार्यक्रम संयोजक डा. प्रितम गुरुगंले जापानसमाचार डटकमलाई दिनुभएको जानकारी अनुसार स्वास्थ्य शिविरमा नेपाली डाक्टरहरुले मुटुको निशुल्क भिडियो एक्सरे, स्त्री रोग विशेषज्ञ सेवा, मधुमेह परिक्षण लगायतका सेवा प्रदान गरिने छ । यस बाहेक स्वास्थ्य शिविरमा चेकजाँच गर्नआउनेहरुको कुनैपनि स्वास्थ्य समस्यालाई समाधानको लागि परामर्श तथा सहयोग रहने आयोजकले जानकारी दिएको छ ।

स्वास्थ्य परिक्षणमा डा. सन्दिप शाक्य, प्रकाश शाक्य, डा. प्रितम गुरुगं, डा. सुमन श्रेष्ठ, डा. श्रिया श्रेष्ठ, डा. सामन्त ताम्राकार, डा. सौजन्य राज भण्डारीले चिकित्सकीय सेवा प्रदान गर्नुहुनेछ ।
यसैगरि सिर्जना गुरुगं, छिरिगं डिक्की र लक्ष्मण गैरेले नर्सको सेवा प्रदान गर्नुहुने आयोजकले जानकारी दिएको छ । निशुल्क स्वास्थ्य परिक्षण तथा सेवा कान्साईको इकुनो कुमिन सेन्टरमा आयोजना हुनेछ ।

बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म चल्ने स्वास्थ्य शिविरमा यस आसपासमा रहनुभएका सबै नेपालीहरुलाई स्वास्थय जाँच तथा परिक्षण गरि सेवा लिन आयोजकले अनुरोध समेत गरेको छ ।
विस्तृत जानकारीको लागि तलको मोबाईल नम्वरहरुमा सम्पर्क गरि जानकारी लिन सकिने छ । खान्साईमा बस्नुहुने सम्पुर्ण नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर ।

सुबिधाहरु :- नेपाली डाक्टरहरुद्वारा जाँच गरिने , नेपाली भाषामा नै कुरा गर्न सकिने ,होकेन कार्ड (विमा कार्ड ) नचाहिने , मानसिक रोगको लागि परामर्श , मुटुको नि:शुल्क भिडियो एक्सरे (Echo),
स्त्री रोगका लागि महिला डाक्टर हुनुहुन्छ ,मधुमेह(Diabetes)को बिशेष जाँच ,अस्पतालमा प्रयोग हुने जापानी भाषाको नेपाली उच्चारण साथै अर्थ सहितको बुकलेट बितरण

उपस्थित हुने चिकित्सकहरु
१. डा.सन्दिप शाक्य २.प्रकाश शाक्य ३.डा. प्रितम गुरुड ४. डा.सुमन श्रेष्ठ ५. डा.श्रिया श्रेष्ठ ६..डा.सामन्त ताम्राकार ७.डा. शौजन्य राज भन्डारी , नर्सहरु :- १.सिर्जना गुरुड २.छिरिड डिक्की ३.लक्ष्मण गैरे

मिति यही अगष्ट १३,२०१८ समय : विहान ११ बजेदेखी साँझ ५ बजेसम्म , स्थान : इकुनो कुमिन सेन्टर , ठेगाना : ३-१३-३० खाचुयामाकिता इकुनो कु, ओसाका ५४४-००३३

थप जानकारी तथा अग्रिम समय लिनको लागि सम्पर्क –
090-9885-1983 ,090-6429-1262, 080-4812-0741,080-8382-1393,080-4288-8057, 08061592270, 08039493379, 07017676464

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago