कान्साईमा निशुल्क शिविर हुँदै, मुटुको भिडियो एक्सरे देखी मानसिक, मधुमेह, स्त्री रोगको निशुल्क स्वास्थ्य जाँच ।

जापानको कान्साई क्षेत्रमा बस्नुहुने नेपालीहरुको लागि यही अगष्ट १३ तारिखमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ओएनएस र स्टार ग्रुपको आयोजनामा हुन लागेको निस्शुल्क स्वास्थ जाँच तथा परामर्श शिविरमा एक दर्जन नेपालका डाक्टर तथा नर्सहरुले सेवा प्रदान गर्ने भएका छन् ।

कार्यक्रम संयोजक डा. प्रितम गुरुगंले जापानसमाचार डटकमलाई दिनुभएको जानकारी अनुसार स्वास्थ्य शिविरमा नेपाली डाक्टरहरुले मुटुको निशुल्क भिडियो एक्सरे, स्त्री रोग विशेषज्ञ सेवा, मधुमेह परिक्षण लगायतका सेवा प्रदान गरिने छ । यस बाहेक स्वास्थ्य शिविरमा चेकजाँच गर्नआउनेहरुको कुनैपनि स्वास्थ्य समस्यालाई समाधानको लागि परामर्श तथा सहयोग रहने आयोजकले जानकारी दिएको छ ।

स्वास्थ्य परिक्षणमा डा. सन्दिप शाक्य, प्रकाश शाक्य, डा. प्रितम गुरुगं, डा. सुमन श्रेष्ठ, डा. श्रिया श्रेष्ठ, डा. सामन्त ताम्राकार, डा. सौजन्य राज भण्डारीले चिकित्सकीय सेवा प्रदान गर्नुहुनेछ ।
यसैगरि सिर्जना गुरुगं, छिरिगं डिक्की र लक्ष्मण गैरेले नर्सको सेवा प्रदान गर्नुहुने आयोजकले जानकारी दिएको छ । निशुल्क स्वास्थ्य परिक्षण तथा सेवा कान्साईको इकुनो कुमिन सेन्टरमा आयोजना हुनेछ ।

बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म चल्ने स्वास्थ्य शिविरमा यस आसपासमा रहनुभएका सबै नेपालीहरुलाई स्वास्थय जाँच तथा परिक्षण गरि सेवा लिन आयोजकले अनुरोध समेत गरेको छ ।
विस्तृत जानकारीको लागि तलको मोबाईल नम्वरहरुमा सम्पर्क गरि जानकारी लिन सकिने छ । खान्साईमा बस्नुहुने सम्पुर्ण नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर ।

सुबिधाहरु :- नेपाली डाक्टरहरुद्वारा जाँच गरिने , नेपाली भाषामा नै कुरा गर्न सकिने ,होकेन कार्ड (विमा कार्ड ) नचाहिने , मानसिक रोगको लागि परामर्श , मुटुको नि:शुल्क भिडियो एक्सरे (Echo),
स्त्री रोगका लागि महिला डाक्टर हुनुहुन्छ ,मधुमेह(Diabetes)को बिशेष जाँच ,अस्पतालमा प्रयोग हुने जापानी भाषाको नेपाली उच्चारण साथै अर्थ सहितको बुकलेट बितरण

उपस्थित हुने चिकित्सकहरु
१. डा.सन्दिप शाक्य २.प्रकाश शाक्य ३.डा. प्रितम गुरुड ४. डा.सुमन श्रेष्ठ ५. डा.श्रिया श्रेष्ठ ६..डा.सामन्त ताम्राकार ७.डा. शौजन्य राज भन्डारी , नर्सहरु :- १.सिर्जना गुरुड २.छिरिड डिक्की ३.लक्ष्मण गैरे

मिति यही अगष्ट १३,२०१८ समय : विहान ११ बजेदेखी साँझ ५ बजेसम्म , स्थान : इकुनो कुमिन सेन्टर , ठेगाना : ३-१३-३० खाचुयामाकिता इकुनो कु, ओसाका ५४४-००३३

थप जानकारी तथा अग्रिम समय लिनको लागि सम्पर्क –
090-9885-1983 ,090-6429-1262, 080-4812-0741,080-8382-1393,080-4288-8057, 08061592270, 08039493379, 07017676464

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago