काठमाडौँ। भिभ रिचर्डस् यस्ता कीर्तिमानी खेलाडी हुन् जसले क्रिकेट र फुटबलको विश्वकप खेलेका छन् । रिचर्डस्ले फुटबलतर्फ विश्वकपको छनोट खेलमा राष्ट्रिय टोलीबाट सहभागिता जनाए पनि क्रिकेटमा भने विश्वकपको अन्तिम चरणको खेल नै खेलेका छन् ।
रिचर्डस्ले फुटबलतर्फ एन्टिगुवा र बार्बुडाको राष्ट्रिय टोलीको नेतृत्व गर्दै सन् १९७४ को विश्वकपको छनोट प्रतियोगिता खेलेका थिए । दुर्भाग्य, त्यस बेला रिचर्डस्को टोली जर्मनीले आयोजना गरेको सो विश्वकपका लागि छनोट हुन सकेन । त्यसपछि उनले क्रिकेटबाट वेस्ट इन्डिजको नेतृत्व गर्दै विश्वकप खेले ।
वेस्ट इन्डिजले सन् १९७५ र १९७९ को क्रिकेट विश्वकप उपाधि जित्दा रिचर्डस् टोलीका महत्वपूर्ण सदस्य थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट क्रिकेटर मध्येका मानिएका रिचर्डस् सन् १९७५ देखि १९८४ सम्म वेस्ट इन्डिजको टेस्ट टोलीका कप्तान मेत रहे ।
रिचर्डस्पछि यो उपलब्धि अस्टे«लियाकी महिला खेलाडी इलिसी पेरीले हात पारेकी छन् । उनले अस्टे«लियन टोलीबाट सन् २००९ को क्रिकेट विश्वकप र सन् २०११ को फुटबल विश्वकपका खेलहरू खेलेकी छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…