टोकियो । जापानमा हुने भनिएको वहुप्रतिक्षित वलिउड म्यूजिकल लाईभ कन्सर्टको तयारी तिब्र पारिएको छ ।
टोकियोमा आयोजना गर्न लागिएको ‘हिमेश रेशमिया लाईभ इन टोकियो’ बारे इण्डियन रक स्टार हिमेश रेशमियाले कार्यक्रम बारे आधिकारिक जानकारी सहितको अफिसियल भिडियो पठाएसंगै कार्यक्रमको तयारी तिब्र पारिएको हो ।
सनराईज प्रोडक्सन्स र सक्सेस एब्रड स्टडीको सामूहिक सहकार्यमा हुन लागेको सो लाईभ कन्सर्ट नाकानो जिरो हलमा यहि जुलाई २२ तारिख आईतवारका दिन हुने निश्चित भएको छ । यस भन्दा अघि प्राविधिक कारणले स्थगित हुन पुगेको थियो । सोहि कन्सर्टमा वलिउड डान्स ग्रुप सहेलियाले चर्चित हिन्दी गीतहरुमा विशेष प्रस्तुति दिने छ ।
यससंगै वलिउडका चर्चित संगीतकार तथा गायक रेशमिया सहितको ८ जनाको व्याण्ड टोली जापान आउने पक्का भएको छ । सो इभेन्टको मुख्य सहयोगी डिप्वे जापान कम्पनी लिमिटेड रहेको छ ।सो कन्सर्टको टिकट सनराईज प्रोडक्सन्सको अफिसियल वेव साइट www.sunrisecorpoltd.com बाट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।
पहिलो पटक नेपालीले जापानमा आयोजना गर्न लागेको वलिउड कन्सर्टमा नेपालीको अलावा इण्डियन, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, जापानी लगायत दर्शकहरुले उत्साह पूर्वक टिकट बुकिङ्ग गरिरहेको सनराईज प्रोडक्सन्सले जानकारी गराएको छ । यसरी टिकट खरिद हुनु सम्भवत यो पहिलो रेकर्ड हो ।
गायक तथा संगीतकार रेशमियाका आप्का सुरुर, आशिक बनाया आपने, जरा झुम झुम, हुक्खा बार, झलक दिखलाजा, झुम्मेकी रात, तेरी मेरी, तेरे नाम, आप्का खातिर, क्युकी इत्ना प्यार, हमराज, क्यादिल्ने कहा, कही प्यारना होजाए, खिच् मेरी फोटो, हाम्को दिवाना, प्रेम रतन धन पायो लगायत गीतहरु चर्चित छन् ।
गायक तथा संगीतकार रेशमियाले १०५ भन्दा बढी चलचित्रमा संगीत दिएका छन् भने आफैले गाएका १५० भन्दा बढी हिट गीतहरु छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…