जापानमा पहिलो पटक वलिउड रक स्टार हिमेश रेशमियाको लाईभ कन्सर्ट हुदैँ

टोकियो । जापानमा हुने भनिएको वहुप्रतिक्षित वलिउड म्यूजिकल लाईभ कन्सर्टको तयारी तिब्र पारिएको छ ।

टोकियोमा आयोजना गर्न लागिएको ‘हिमेश रेशमिया लाईभ इन टोकियो’ बारे इण्डियन रक स्टार हिमेश रेशमियाले कार्यक्रम बारे आधिकारिक जानकारी सहितको अफिसियल भिडियो पठाएसंगै कार्यक्रमको तयारी तिब्र पारिएको हो ।

सनराईज प्रोडक्सन्स र सक्सेस एब्रड स्टडीको सामूहिक सहकार्यमा हुन लागेको सो लाईभ कन्सर्ट नाकानो जिरो हलमा यहि जुलाई २२ तारिख आईतवारका दिन हुने निश्चित भएको छ । यस भन्दा अघि प्राविधिक कारणले स्थगित हुन पुगेको थियो । सोहि कन्सर्टमा वलिउड डान्स ग्रुप सहेलियाले चर्चित हिन्दी गीतहरुमा विशेष प्रस्तुति दिने छ ।

यससंगै वलिउडका चर्चित संगीतकार तथा गायक रेशमिया सहितको ८ जनाको व्याण्ड टोली जापान आउने पक्का भएको छ । सो इभेन्टको मुख्य सहयोगी डिप्वे जापान कम्पनी लिमिटेड रहेको छ ।सो कन्सर्टको टिकट सनराईज प्रोडक्सन्सको अफिसियल वेव साइट www.sunrisecorpoltd.com बाट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

पहिलो पटक नेपालीले जापानमा आयोजना गर्न लागेको वलिउड कन्सर्टमा नेपालीको अलावा इण्डियन, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, जापानी लगायत दर्शकहरुले उत्साह पूर्वक टिकट बुकिङ्ग गरिरहेको सनराईज प्रोडक्सन्सले जानकारी गराएको छ । यसरी टिकट खरिद हुनु सम्भवत यो पहिलो रेकर्ड हो ।

गायक तथा संगीतकार रेशमियाका आप्का सुरुर, आशिक बनाया आपने, जरा झुम झुम, हुक्खा बार, झलक दिखलाजा, झुम्मेकी रात, तेरी मेरी, तेरे नाम, आप्का खातिर, क्युकी इत्ना प्यार, हमराज, क्यादिल्ने कहा, कही प्यारना होजाए, खिच् मेरी फोटो, हाम्को दिवाना, प्रेम रतन धन पायो लगायत गीतहरु चर्चित छन् ।

गायक तथा संगीतकार रेशमियाले १०५ भन्दा बढी चलचित्रमा संगीत दिएका छन् भने आफैले गाएका १५० भन्दा बढी हिट गीतहरु छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago