सक्रिय हुँदै हिन्दू जागरण

रुपन्देही ,जेठ २६, नारायण कोइराला ,
धर्मपरिवर्तन मूक्त नेपाल, जातियछुवाछुत मुक्त नेपाल धर्म निरपेक्ष मुक्त नेपाल र भ्रष्टाचार मुक्त नेपाल भन्ने मुख्य उद्देश्य लिएको धार्मिक सामाजिक संस्था हिन्दूजागरण नेपाल रुपन्देहीको आयोजनामा रुपन्देही जिल्लाको सौ फर्साटिकरमा बृहत धार्मिक जागरण, स्व धर्म फिर्ता तथा सम्र्पण जाति भाषाका समुदायका विचको सहभोजन कार्यक्रम हिन्दू जागरण नेपालको केन्द्रिय उपाध्यक्ष श्री उमा ढकालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

विभिन्न धार्मिक, समाजिक र स्थानियहरुको सहभागितामा सम्पन्न भएको उक्त भेलामा बोल्ने अधिकांश वक्ताहरुले देश भित्र भई रहेको धर्मको नाममा भईरहेको राजनितिको खुलेर विरोध गरेका थिए भने नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र रहेको र जनताको राय विपरित गरिएको धर्म निरपेक्षताको समेत कुनै औचित्य नभएको भनाई राखेका थिए भने जातिय छुवाछुतको लागि यो सहभोजन कार्यको खुलेरै प्रशंसा समेत भएको थियो ।

कार्यक्रमा स्वधर्म फिर्ता भएका परिवारको तर्पबाट मानसिंह दर्जिले धर्म भनेको अहिंसा हो र हाम्रो रक्षा सनातन धर्मले मात्र संभव भएको ले हिज बाटो विराएर अर्को धर्ममा प्रवेश गरेको समेत सुनाए । सोहि भेलाले स्थानिय समाजसेवि गरुप्रसाद शर्माको अध्यक्षतामा १५ सदस्यिय शुद्धोधन गाउँपालिका शाखा समेत गठन गरेको छ ।

जसमा इश्वरी आर्चाय र रमा गोदार के.सी. उपाध्यक्ष, सचिवमा दामोदर पौडेल, कोषाध्यक्षमा हुमराज ढकाल चयन भएका छन् भन्न् ५ सदस्यिय सल्लाहकार समिति समेत गठन भएको छ जसमा शेरबहादुर काफ्ले, सोमनाथ शर्मा, भिमप्रसाद न्यौपाने, वासुदेव भण्डारी, चिन्तामणी गैह्रे रहेका छन् । वासुदेव भण्डारीको सभापतित्वमा संचालन भएको कार्यक्रममा रामसुमेर यादवको स्वगत मन्तब्य र हिन्दू जागरण नेपालका केन्द्रिय सदस्य नारायणप्रसाद कोइरालाको सञ्चालनमा भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago