गोरखा जेठ २६, रबिन्द्र ,
पालुङटार नगरपालिका भित्र रहेका सम्पूर्ण साविकको उच्च मा.वि (हाल कक्षा ११ र १२ ) मा अध्यापनरत सम्पूर्ण शिक्षकहरुको भेला हुने भएको छ । २६ गते शनिबारका दिन भवानी मा.वि. ठाँटीपोखरीमा प्रथम नगरसम्मेलन गरिने आयोजक समितिका संयोजक रमेश खडकाले बताउनुभयोसम्मेलन बाट नगरस्तरीय माध्यमिक शिक्षक एसोसियसन (हिस्टान) को नगरसमिति गठन गरिने छ ।
सम्मेलनमा हिस्टानका केन्द्रिय सदस्य रविन्द्र कंडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइतवार देशैभरका ७५३ स्थानीय निकायहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको हिस्टानका केन्द्रिय अध्यक्ष पुष्पप्रसाद न्यौपानेले बताउनुभयो । यसअघि नै हिस्टानले शिक्षामन्त्रीलाई कार्यकक्षमा भेटी ज्ञापनमत्र बुझाइसकेको छ ।
यस वर्षको बजेटमा साविक उच्च मा.वि. मा कार्यरत शिक्षकहरुका लागी खासै केही कुरा नसमेटिएका कारण चरणवद्ध रुपमा आन्दोलनमा जानुपरेको अध्यक्ष न्योैपानेले बताउनुभयो । उहाँले यसअघि नै काठमाण्डौमा भएको हिस्टानको दोश्रो पूर्ण बैठकमा सम्पूर्ण केन्द्रिय पदाधिकारीहरुलाई आन्दोलनका तयारीमा लाग्न समेत निर्देशन दिनुभएको थियो ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…