गोरखा जेठ २६, रबिन्द्र ,
पालुङटार नगरपालिका भित्र रहेका सम्पूर्ण साविकको उच्च मा.वि (हाल कक्षा ११ र १२ ) मा अध्यापनरत सम्पूर्ण शिक्षकहरुको भेला हुने भएको छ । २६ गते शनिबारका दिन भवानी मा.वि. ठाँटीपोखरीमा प्रथम नगरसम्मेलन गरिने आयोजक समितिका संयोजक रमेश खडकाले बताउनुभयोसम्मेलन बाट नगरस्तरीय माध्यमिक शिक्षक एसोसियसन (हिस्टान) को नगरसमिति गठन गरिने छ ।
सम्मेलनमा हिस्टानका केन्द्रिय सदस्य रविन्द्र कंडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइतवार देशैभरका ७५३ स्थानीय निकायहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको हिस्टानका केन्द्रिय अध्यक्ष पुष्पप्रसाद न्यौपानेले बताउनुभयो । यसअघि नै हिस्टानले शिक्षामन्त्रीलाई कार्यकक्षमा भेटी ज्ञापनमत्र बुझाइसकेको छ ।
यस वर्षको बजेटमा साविक उच्च मा.वि. मा कार्यरत शिक्षकहरुका लागी खासै केही कुरा नसमेटिएका कारण चरणवद्ध रुपमा आन्दोलनमा जानुपरेको अध्यक्ष न्योैपानेले बताउनुभयो । उहाँले यसअघि नै काठमाण्डौमा भएको हिस्टानको दोश्रो पूर्ण बैठकमा सम्पूर्ण केन्द्रिय पदाधिकारीहरुलाई आन्दोलनका तयारीमा लाग्न समेत निर्देशन दिनुभएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…