ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा पालुङटार सम्मेलन शुरु भएको छ ।

गोरखा जेठ २६,
पालुङटार नगरपालिकामा जेठ २५ र २६ गते पालुङटारको वडा नं. ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा पालुङटार सम्मेलन शुरु भएको छ । नगरपालिकाले योजना निर्माण तथा मार्गचित्र कोर्ने उद्धेश्यका साथ सम्मेलनको आयोजना गरिएको जनाइएको छ । कार्यक्रमले नगरपालिकालाई स्मार्टसिटीको रुपमा विकास गर्न महत्वपूर्ण योगदान दिने नगरप्रमुख दिपक बाबु कंडेलले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकामा शैक्षिक, कृषि, पशु, बन लगायतका क्षेत्रको विकास का साथै औद्योगिक क्षेत्र निर्माणका लागी समेत विशेष योजनाका रुपमा राख्ने र यसका लागी आवश्यक पूर्वाधारहरुको समेत अध्ययन गरिने हुँदा नगरको भविष्य निर्माणमा समेत कार्यक्रम फलदायी बन्ने उहाँको दावी गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले सम्बोधन गर्दै नगरपालिकालाई शहरीकरण गर्नको लागी रोजगारीको व्यवस्था नगरीकन सम्भव नभएको बताउनुभयो ।

सो अवसरमा वोल्दै उहाँले प्रत्येक वडामा प्राविधिक विद्यालय खोल्नुपर्ने, औद्योगिक विकास गर्नुपर्ने लगायतका कुराहरुमा समेत जोड दिनुभएको थियो । डा. भट्टराइले आफू जीवन कालको अन्तिम समयमा आफ्नै जन्मथलोमा आएर वस्ने इच्छा रहेको समेत बताउनुभयो । त्यस्तै गरी कार्यक्रममा बोल्दै विपक्षी दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले यस नगरको विकासको लागी उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने र नगरपालिका जोडने ४ ओटै बाटोलाई १२ महिना चल्न सक्ने बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

साथै फरक प्रसंगमा उहाँले पालुङ्टारको चिनारी लिगलिगकोट भएको हुँदा यसको नाम लिगलिगकोट नगरपालिका राख्न पहल गर्नुपर्ने कुरासमेत बताउनुभएको थियो । प्रदेश ४ का साँसद हरिशरण आचार्यले नयाँपुल देखि ठाँटीपोखरी जोडने सडक कालोपत्रे गर्ने योजनालाई आफूले प्रदेश बैठकमा प्रस्ताव गरिरहेको समेत सो अवसरमा बताउनुभयो । त्यस्तै गरी कार्यक्रममा पूर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता हितराज पाण्डे, नेपाली कांग्रेसका सरोज देवकोटा, ने.क.पा. का जुद्धविलास भण्डारी र नयाँशक्तिका रमेश पोख्रेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै गरी कार्यक्रममा डा. सुनिल बाबु श्रेष्ठले शहरीकरण योजना, डा. लक्ष्मी प्रसाद देवकोटाले भौतिक विकास तथा खानेपानी एवं हाइड्रो पावर, क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डा.विनोद तिवारीले भूकम्पीय जोखिम एवं सुरक्षाका बारेमा , इन्जिनियर हरिराम कोइरालाले पूर्वाधार विकास, डा. हरि कुमार श्रेष्ठले कृषि, डा.रामचन्द्र देवकोटाले पशु, औद्योगिक विकास लिमिटेडका नन्दकिसोर बस्नेते औद्योगिक क्षेत्र विकास र गुण प्रसाद न्यौपानेले शिक्षाका विषयमा आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सभापतिको रुपमा नगरप्रमुख दिपकबाबु कंडेलले पालुङ्टारको समग्र अवस्थाको बारेमा पावर प्वाइन्टमार्फत प्रस्तुति सहित जानकारी गराउनुभएको थियो । यस्तै गरी २६ गते डा.राजु अधिकारीले उत्प्रेरणा, हरि रोकाले अर्थतन्त्र, डा.विमल कोइरालाले सुसासन, डा. मोदनाथ मरहट्टा र डा. गुणराज लोहनीले स्वास्थ्य, मणि लामिछानले खेलकुद तथा पर्यटन, इन्जिनियर सरोज देवकोटाले प्राविधिक शिक्षा, डा.जिवराज पोखरेल र दिपक पन्तले पूर्वाधार विकासका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

पालुङटार नगरपालिकामा घर भई विभिन्न स्थानहरुमा रहेका विज्ञहरुलाई बोलाएर गर्न लागिएको यो सम्मेलनले पक्कै पनि नगरपालिकालाई स्मार्ट सिटीको रुपमा अघि बढाउन कोसेढुङ्गा सावित हुनसक्ने जानकारहरु वताउँछन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago