डा. उपेन्द्र देवकोटाबारे कसरी फैलियो अफवाह

काठमाडौँ जेठ २६,
पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक अफबाह फैलियो ।

बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो ।

बेलायतमा उपचार सम्भव नभएपछि डा. देवकोटाको आफ्नै देशमा फर्किने इच्छा अनुसार हाल बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार जारी छ ।

तर, शुक्रबार राति साढे १० बजेदेखि फैलिएको अफबाहले अस्पतालका कर्मचारीदेखि डा. देवकोटाका परिवार र सहयोगी हैरान भए । एसियाकै अब्बल न्यूरो सर्जनकारुपमा परिचित डा. देवकोटाले आफ्नो जीवनकालमा हजारौँ न्यूरोका बिरामीको उपचार र सफल अप्रेशन गरेका छन् ।

‘अघिल्ला दिन भन्दा डा. देवकोटाको अवस्था शुक्रबार अझै जटिल भएको थियो’, उनका सहयोगी डा. तारा अधिकारीले भने, ‘तर पुष्टि नै नगरी एकाएक निधनको खबर अफबाहकारुपमा फैलिएपछि बिनाकारण तनाव झेल्नुपर्यो ।

डा. अधिकारीका अनुसार शुक्रबार राति डा. देवकोटाको अवस्था अघिल्ला दिन भन्दा गम्भीर भएको थियो । आईसीयूमै रहेर पनि अघिल्ला डा. देवकोटा आफ्ना शुभेच्छु र साथीभाइलाई भेट गरिहेका थिए ।

शुक्रबार अवस्था जटिल भएपछि हेर्नका लागि भन्दै डा. देवकोटाका परिवार र आफन्तलाई अस्पतालमै बोलाइयो । ‘अघिल्ला दिन भन्दा अवस्था जटिल बनेपछि परिवार र आफन्तहरुसँग भेट गराउन अस्पतालमै बोलाइयो’, डा. अधिकारीले भने, ‘तर, त्यसपछि उहाँको निधन भएको खबर एकाएक फैलियो ।’

भेट्न आएका आफन्तमध्येबाटै देवकोटाको निधन भएको गलत खबर बाहिरिएको अनुमान डा. अधिकारीलले गरेका छन् । ‘उहाँलाई भेटेपछि अस्पतालबाट बाहिरिएका आफन्तबाटै यो अपबाह बाहिरिएको हुनुपर्छ’, उनले भने, ‘अवस्था गम्भीर, अझ गम्भीर, धेरै गम्भीर भन्दै रातारात उहाँको मृत्यु नै भएको घोषणा गरिएछ, यो बेठीक भयो ।

वरिष्ठ न्युरोसर्जन देवकोटालाई पित्त्तथैलीसम्बन्धी क्यान्सर भएको हो। पित्तथैली र पित्तनली वरिपरिको भागमा हुने यो क्यान्सरलाई मेडिकलको भाषामा ‘कोलान्जिओकार्सिनोमा’ भन्ने गरिन्छ।

बिरामी भएपछि डा. देवकोटा बेलायत पुगेर त्यहाँको लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने अवस्था रहेको त्यहाँका चिकित्सकले बताएका थिए। शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाकै इच्छा अनुसार नेपाल फर्काइएको थियो ।

नेपालमै रहँदा जन्डिसको लक्षण देखिएपछि उनले यहीँ स्वास्थ्य परीक्षण गरेका थिए। नेपालको परीक्षणमा क्यान्सर पाइएपछि उनी श्रीमती डा मधु दीक्षित देवकोटासहित लन्डन गएका थिए ।

कलेजोभन्दा तल र सानो आन्द्रासँग जोडिएर पित्तथैली रहेको हुन्छ। पित्त थैलीको काम भनेको कलेजोले उत्पादन गर्ने पित्तलाई पित्तनलीको बाटोबाट जम्मा गर्नु हो । पित्तकै कारण मानिसले खाने खाना र खानामा हुने चिल्लो पदार्थ सजिलै पचाउन सम्भव हुन्छ । पित्तथैलीको क्यान्सर भएमा शल्यक्रियाबाटै उपचार गरिने गरिन्छ । शल्यक्रिया सम्भव नभएमा केमोथेरापी पनि गरिन्छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago