डा. उपेन्द्र देवकोटाबारे कसरी फैलियो अफवाह

काठमाडौँ जेठ २६,
पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक अफबाह फैलियो ।

बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो ।

बेलायतमा उपचार सम्भव नभएपछि डा. देवकोटाको आफ्नै देशमा फर्किने इच्छा अनुसार हाल बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार जारी छ ।

तर, शुक्रबार राति साढे १० बजेदेखि फैलिएको अफबाहले अस्पतालका कर्मचारीदेखि डा. देवकोटाका परिवार र सहयोगी हैरान भए । एसियाकै अब्बल न्यूरो सर्जनकारुपमा परिचित डा. देवकोटाले आफ्नो जीवनकालमा हजारौँ न्यूरोका बिरामीको उपचार र सफल अप्रेशन गरेका छन् ।

‘अघिल्ला दिन भन्दा डा. देवकोटाको अवस्था शुक्रबार अझै जटिल भएको थियो’, उनका सहयोगी डा. तारा अधिकारीले भने, ‘तर पुष्टि नै नगरी एकाएक निधनको खबर अफबाहकारुपमा फैलिएपछि बिनाकारण तनाव झेल्नुपर्यो ।

डा. अधिकारीका अनुसार शुक्रबार राति डा. देवकोटाको अवस्था अघिल्ला दिन भन्दा गम्भीर भएको थियो । आईसीयूमै रहेर पनि अघिल्ला डा. देवकोटा आफ्ना शुभेच्छु र साथीभाइलाई भेट गरिहेका थिए ।

शुक्रबार अवस्था जटिल भएपछि हेर्नका लागि भन्दै डा. देवकोटाका परिवार र आफन्तलाई अस्पतालमै बोलाइयो । ‘अघिल्ला दिन भन्दा अवस्था जटिल बनेपछि परिवार र आफन्तहरुसँग भेट गराउन अस्पतालमै बोलाइयो’, डा. अधिकारीले भने, ‘तर, त्यसपछि उहाँको निधन भएको खबर एकाएक फैलियो ।’

भेट्न आएका आफन्तमध्येबाटै देवकोटाको निधन भएको गलत खबर बाहिरिएको अनुमान डा. अधिकारीलले गरेका छन् । ‘उहाँलाई भेटेपछि अस्पतालबाट बाहिरिएका आफन्तबाटै यो अपबाह बाहिरिएको हुनुपर्छ’, उनले भने, ‘अवस्था गम्भीर, अझ गम्भीर, धेरै गम्भीर भन्दै रातारात उहाँको मृत्यु नै भएको घोषणा गरिएछ, यो बेठीक भयो ।

वरिष्ठ न्युरोसर्जन देवकोटालाई पित्त्तथैलीसम्बन्धी क्यान्सर भएको हो। पित्तथैली र पित्तनली वरिपरिको भागमा हुने यो क्यान्सरलाई मेडिकलको भाषामा ‘कोलान्जिओकार्सिनोमा’ भन्ने गरिन्छ।

बिरामी भएपछि डा. देवकोटा बेलायत पुगेर त्यहाँको लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने अवस्था रहेको त्यहाँका चिकित्सकले बताएका थिए। शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाकै इच्छा अनुसार नेपाल फर्काइएको थियो ।

नेपालमै रहँदा जन्डिसको लक्षण देखिएपछि उनले यहीँ स्वास्थ्य परीक्षण गरेका थिए। नेपालको परीक्षणमा क्यान्सर पाइएपछि उनी श्रीमती डा मधु दीक्षित देवकोटासहित लन्डन गएका थिए ।

कलेजोभन्दा तल र सानो आन्द्रासँग जोडिएर पित्तथैली रहेको हुन्छ। पित्त थैलीको काम भनेको कलेजोले उत्पादन गर्ने पित्तलाई पित्तनलीको बाटोबाट जम्मा गर्नु हो । पित्तकै कारण मानिसले खाने खाना र खानामा हुने चिल्लो पदार्थ सजिलै पचाउन सम्भव हुन्छ । पित्तथैलीको क्यान्सर भएमा शल्यक्रियाबाटै उपचार गरिने गरिन्छ । शल्यक्रिया सम्भव नभएमा केमोथेरापी पनि गरिन्छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago