मेलम्चीको काम गर्ने ठेकेदारले नटेरेपछि मन्त्री बिना मगर एक्सन् मा

काठमाडौं जेठ २६ , 
मेलम्ची खानेपानीको ठेक्का लिएको इटालिएन कम्पनीले अटेर गर्न थालेपछि खानेपानी मन्त्री बिना मगर एक्सनमा उत्रिएकी छन् । उनले काममा ढिलाई गर्ने ठेकेदार कम्पनीलाई दवाव दिन परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहल थाल्न आग्रह गरेकी छन् । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसी–रेभिनाले समयमै काम सम्पन्न गर्ने तर्फ चासो देखाएको छैन ।

बिभिन्न बहाना गरेर काम अड्काए पछि मन्त्री मगरले कुटनीतिक पहलका लागि अनुरोध गरेकी हुन् । खानेपानी मन्त्री बीना मगरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्दै कुटनीतिक रुपमा इटली सरकारमार्फत निर्माण कम्पनीसँग सहजिकरणका लागि पहल गरिदिन आग्रहल गरेकी छन् ।ठेकेदारले आफैले सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको र बारम्बार झूटा प्रतिबद्धता मात्रै व्यक्त गरेको कारण इटाली सरकारप्रति समेत नकारात्मक धारणा विकास हुने भएकाले त्यस्तो अवस्था रोक्न मन्त्री मगरले आग्रह गरेकी छन् ।

मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीसरकारले ठेकेदार कम्पनीको मुख्यालयमा यसबारेमा चासो व्यक्त गराउन नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गरेकी हुन् । कम्पनीको ठेक्का म्याद यही जुन १४ गते समाप्त हुन गइरहेको छ । आयोजनाको मुख्य कार्य भनिएको सुरुङ ब्रेक थ्रुको काम सम्पन्न भएकोछ ।

कम्पनी ले अन्य मूख्य कार्यहरु, सुरुङभित्रको फिनिसिङ कार्र्य, हेडवक्र्स निर्माण, भेन्टिलेसन साफ्ट जडान लगायतका कामहरु भने अझै बाँकी नै छन् । ठेकेदारले कार्ययोजनाअनुरुप आफ्नो पूर्ण क्षमताअनुरुप कार्य सम्पन्न गरेको खण्डमा अगस्त ३० भित्र नै मेलम्चीको पानी सुन्दरीजलमा पठाउन सकिने मन्त्रालयको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago