मेलम्चीको काम गर्ने ठेकेदारले नटेरेपछि मन्त्री बिना मगर एक्सन् मा

काठमाडौं जेठ २६ , 
मेलम्ची खानेपानीको ठेक्का लिएको इटालिएन कम्पनीले अटेर गर्न थालेपछि खानेपानी मन्त्री बिना मगर एक्सनमा उत्रिएकी छन् । उनले काममा ढिलाई गर्ने ठेकेदार कम्पनीलाई दवाव दिन परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहल थाल्न आग्रह गरेकी छन् । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसी–रेभिनाले समयमै काम सम्पन्न गर्ने तर्फ चासो देखाएको छैन ।

बिभिन्न बहाना गरेर काम अड्काए पछि मन्त्री मगरले कुटनीतिक पहलका लागि अनुरोध गरेकी हुन् । खानेपानी मन्त्री बीना मगरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्दै कुटनीतिक रुपमा इटली सरकारमार्फत निर्माण कम्पनीसँग सहजिकरणका लागि पहल गरिदिन आग्रहल गरेकी छन् ।ठेकेदारले आफैले सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको र बारम्बार झूटा प्रतिबद्धता मात्रै व्यक्त गरेको कारण इटाली सरकारप्रति समेत नकारात्मक धारणा विकास हुने भएकाले त्यस्तो अवस्था रोक्न मन्त्री मगरले आग्रह गरेकी छन् ।

मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीसरकारले ठेकेदार कम्पनीको मुख्यालयमा यसबारेमा चासो व्यक्त गराउन नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गरेकी हुन् । कम्पनीको ठेक्का म्याद यही जुन १४ गते समाप्त हुन गइरहेको छ । आयोजनाको मुख्य कार्य भनिएको सुरुङ ब्रेक थ्रुको काम सम्पन्न भएकोछ ।

कम्पनी ले अन्य मूख्य कार्यहरु, सुरुङभित्रको फिनिसिङ कार्र्य, हेडवक्र्स निर्माण, भेन्टिलेसन साफ्ट जडान लगायतका कामहरु भने अझै बाँकी नै छन् । ठेकेदारले कार्ययोजनाअनुरुप आफ्नो पूर्ण क्षमताअनुरुप कार्य सम्पन्न गरेको खण्डमा अगस्त ३० भित्र नै मेलम्चीको पानी सुन्दरीजलमा पठाउन सकिने मन्त्रालयको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago