बैशाख २६ , काठमाडौं
फोर्ब्सले सार्वजनिक गरेको सन् २०१८ को सबैभन्दा शक्तिशाली व्यक्तिमा चिनियाँ राष्ट्रपति सि चिनफिङ पहिलो नम्बरमा देखिएका छन् । विवरणमा दोस्रो नम्बरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । अघिल्लो वर्षको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको लागि तेस्रो नम्बरमा झरेका छन् ।
अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सि चौथो नम्बरमा रहेका थिए भने अमेरिकी राष्ट्रपति ट्रम्प दोस्रो नम्बरमा रहेका थिए । जर्मन चान्सलर एन्जेल मर्केल यस वर्षको सबैभन्दा शक्तिशाली महिलाको रुपमा रहेकी छिन् । समग्रमा उनी यस वर्षको चौथो सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएकी हुन् । यसअघि उनी तेस्रो नम्बरमा रहेकी थिइन् । अमेजनका मालिक जोफ बेजोस विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विश्वको सबैभन्दा शक्तिशाली १० व्यक्तिमा पर्न सफल भएका छन् । भारतीय प्रधानमन्त्री यो सूचीको नवौं स्थानमा रहेका छन् । यो सूचीमा फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोन १२ औं स्थानमा रहँदा सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्ग १३ औं स्थानमा रहेका छन् ।फोर्ब्सले वर्षेंनी मानिसहरुको पहुँच, लोकप्रियताजस्ता मापनहरुको आधारमा सबैभन्दा शक्तिशाली व्यक्तिहरुको छनोट गर्ने गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…