बैशाख २६ , काठमाडौं
फोर्ब्सले सार्वजनिक गरेको सन् २०१८ को सबैभन्दा शक्तिशाली व्यक्तिमा चिनियाँ राष्ट्रपति सि चिनफिङ पहिलो नम्बरमा देखिएका छन् । विवरणमा दोस्रो नम्बरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । अघिल्लो वर्षको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको लागि तेस्रो नम्बरमा झरेका छन् ।
अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सि चौथो नम्बरमा रहेका थिए भने अमेरिकी राष्ट्रपति ट्रम्प दोस्रो नम्बरमा रहेका थिए । जर्मन चान्सलर एन्जेल मर्केल यस वर्षको सबैभन्दा शक्तिशाली महिलाको रुपमा रहेकी छिन् । समग्रमा उनी यस वर्षको चौथो सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएकी हुन् । यसअघि उनी तेस्रो नम्बरमा रहेकी थिइन् । अमेजनका मालिक जोफ बेजोस विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विश्वको सबैभन्दा शक्तिशाली १० व्यक्तिमा पर्न सफल भएका छन् । भारतीय प्रधानमन्त्री यो सूचीको नवौं स्थानमा रहेका छन् । यो सूचीमा फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोन १२ औं स्थानमा रहँदा सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्ग १३ औं स्थानमा रहेका छन् ।फोर्ब्सले वर्षेंनी मानिसहरुको पहुँच, लोकप्रियताजस्ता मापनहरुको आधारमा सबैभन्दा शक्तिशाली व्यक्तिहरुको छनोट गर्ने गरेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…