गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले काठमाडौं नयाँ बसपार्क क्षेत्रमा थाल्यो कडा तयारी

बैशाख २६ ,काठमाडौँ
गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो ।

गठन गरिएका समितिहरुमा लागुऔषध नियन्त्रण तथा निराकरण समिति, महिला विरुद्धको अपराध नियन्त्रण समिति, व्यवस्थित फुटपाथ तथा पार्किङ समिति, होटल लज रेष्टुराँ, डान्स बार व्यवस्थित समिति, अवैध धन्दा निराकरण समिति, गुण्डागर्दी नियन्त्रण तथा निराकरण समिति र सार्वजनिक स्थान सरसफाइ समिति रहेका छन् ।

प्रभाग प्रमुख प्रताप पौडेलले गोँगबु, नयाँ बसपार्क क्षेत्रको अपराध नियन्त्रण गरी उक्त क्षेत्रलाई सबैको रोजाइको क्षेत्र बनाउनका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिए । “गोँगबु क्षेत्रको शान्तिसुरक्षालाई बलियो बनाउनका लागि स्थानीय जनताको साथ सहयोग रहे यस क्षेत्र लाई अपराध नियन्त्रण गर्न प्रहरी प्रभाग लाई सहयोग हुनेछ भन्नु भयो |

स्थानीय सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्कको शान्तिसुरक्षालाई बलियो बनाउन केन्द्रले प्रहरीसँग मिलेर समिति गठन गरेको जानकारी दिए । “प्रहरीलाई सहयोग गर्ने भनेको स्थानीयवासीले नै हो,” उहाले भन्नु भयो |

सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख दीपेन्द्रबहादुर मल्लले गठन गरिएका समितिमा अनिवार्य एक प्रहरीसहित स्थानीयवासीको सहभागिता रहनेछ । प्रत्येक समितिमा कम्तीमा १५ सदस्य रहने व्यवस्था गरिएको छ । गोँगबु क्षेत्रमा एक हजारभन्दा धेरै होटल, लज, बार तथा रेष्टुराँ सञ्चालनमा छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago