गाडी ब्याक गर्ने क्रममा पैदलयात्री को मृत्यु

चितवन बैशाख २६ ,
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६:३० बजेको समयमा गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो।एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि काठमाडौँ लगिएकोमा बाटोमा नै मृत्यु भएको हो। शवलाई अहिले भरतपुर अस्पतालमा ल्याएर राखिएको छ। सो दुर्घटनामा परी सोही ठाउँका ६४ वर्षीय हरिबहादुर घर्ती घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसका चालक भने नियन्त्रणमा छन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago