बेसीशहर– प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई अभिनन्दन गरिएको छ । मुख्यमन्त्री बनेपछि पहिलोपटक बेसीशहर आएका मुख्यमन्त्री गुरुङलाई नेकपा एमाले जिल्ला कमिटी लमजुङले सोमबार अभिनन्दन गरेको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य धनञ्जय दवाडी, मायानाथ अधिकारी र प्रदेश ४ का मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा मायानाथ अधिकारी भने कार्यव्यस्थताका कारण उपस्थिति भएनन् ।
अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको मुख्य कार्य आन्तरिक राजश्व वढाउने रहेको दाबी गरे । उनले प्रदेश नम्बर ४ अरु प्रदेशभन्दा माथि रहने दाबी गर्दै यो प्रदेशमा उद्योग कलकारखाना विकास गरि समृद्धि ल्याउने अभियानमा आफुहरु रहेको बताए ।
उनले ऐन कानुन, भौतिक संरचना, कर्मचारी अभावका बावजूद पनि शुन्य तहबाट प्रदेशको संरचना निमार्ण गरेको दाबी गर्दै सार्वजनिक जग्गाको खोजी कार्य भैरहेको समेत बताए ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…