बेसीशहर– प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई अभिनन्दन गरिएको छ । मुख्यमन्त्री बनेपछि पहिलोपटक बेसीशहर आएका मुख्यमन्त्री गुरुङलाई नेकपा एमाले जिल्ला कमिटी लमजुङले सोमबार अभिनन्दन गरेको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य धनञ्जय दवाडी, मायानाथ अधिकारी र प्रदेश ४ का मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा मायानाथ अधिकारी भने कार्यव्यस्थताका कारण उपस्थिति भएनन् ।
अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको मुख्य कार्य आन्तरिक राजश्व वढाउने रहेको दाबी गरे । उनले प्रदेश नम्बर ४ अरु प्रदेशभन्दा माथि रहने दाबी गर्दै यो प्रदेशमा उद्योग कलकारखाना विकास गरि समृद्धि ल्याउने अभियानमा आफुहरु रहेको बताए ।
उनले ऐन कानुन, भौतिक संरचना, कर्मचारी अभावका बावजूद पनि शुन्य तहबाट प्रदेशको संरचना निमार्ण गरेको दाबी गर्दै सार्वजनिक जग्गाको खोजी कार्य भैरहेको समेत बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…