साउदीको “नेपाली संगीत सर्मपण ” ले गर्यो मृगौला पिडित गायिकालाई आर्थिक सहयोग

साउदी अरब राम प्रसाद बस्याल :>  नेपाली तारा ३ का टप ६ प्रतिस्पर्धी गायिका जल्जला परियारको दुबै मृगौलामा समस्या भइ हाल काठमाडौको शिक्षण अस्पतालमा उपचाररत छिन्। परिवारको आर्थिक स्थिती कम्जोरका कारण उपचारमा ढिलासुस्ती भैरहेको जल्जलाका परिवारले जानकारी दिए ।

सेवा नै धर्म हो भन्ने भनाइलाई चरितार्थ गरि प्रवासीभुमि साउदी अरबमा रहेको अल्मराई कम्पनिमा कार्यरत नेपाली गीत संगीतप्रती समर्पित “नेपाली संगीत समर्पण” नामक संस्थाले जलजलाको उपचारको लागि रु ५०,२६०.०० आर्थिक सहयोग गरिएको अध्यक्ष राम प्रसाद बस्याल ले एन. ए. मेडिया लाई जानकारी दिए । उक्त आर्थिक सहयोग रकम संस्थाका संयोजक तथा गाएक रोम लामाले जल्जलाका बुबालाई हस्तान्तरण गरेका हुन् ।

देश बिदेश जहा सुकै रहेर पनि गीत संगीत लाई जगेर्ना गर्दै सम्पुर्ण कलाकारहरु नै आबद्ध रहेको “नेपाली संगीत समर्पण” सस्थाको उद्देश्य जय गीत जय संगीत को नारा मात्र नभै सेवा नै धर्म हो भन्ने पनि रहेको छ, तसर्थ पहिलो पटक यस सस्थाले जल्जला परियार लाई सहयोग गरि समाजिक सेवामा पनि ध्यानाकर्षण गरेको छ, यस सस्थामा जम्मा १६ जना आवद्ध रहेका छन् |

सबै जना गीत संगीतमा लागेका विभिन्न बिधामा आवद्ध संगीत क्षेत्रमा कलाकारहरु रहेका छन्, साथै यस संघमा राम प्रसाद बस्याल , रबिन गिरि, जगत तामाङ, नथान शर्मा, ओम रोदन, ओम गुरुङ, ओम पाण्डे, बिबेक के. सी, रोम लामा, बल बहादुर थापा, बिष्णु ब. बुढाथोकी, हिम थापा , दल बहादुर थापा, तुलसी उप्रेती, सरोज तिमिल्सिना, सुरज अर्याल रहेका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago