३ नम्बर प्रदेशमा एमाले संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित

काठमाडौं २६,माघ
प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित हुनुभएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी हुनभएको हो । उहाँका प्रतिस्पर्धी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गर्नुभयो । एमालेको ३ नम्बर प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि मतदान भएको हो ।
दलको नेतामा विजयी पौडेल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् भने शाक्य नेता माधव नेपाल समूहकी हुन् । यसअघि संसदीय दलको नेताका आकांक्षी रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरेपछि शाक्य र पौडेल प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यस्तै १ नम्बर प्रदेशमा पनि एमालेले संसदीय दलको नेता निर्वाचनबाट चयन गर्ने भएको छ । सचिव भीम आचार्य र पोलिटव्युरो सदस्य शेरधन राइले अडान लिएपछि निर्वाचनबाट उम्मेदवार चयन गर्न लागेको हो । उम्मेदवार चयनका लागि २ बजेपछि मतदान हुने छ । १ नम्बर प्रदेशमा एमालेको ५१ सांसद छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago