काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन्। ठेकेदार छनौटनिम्ति अन्तिम मूल्यांकन पूरा हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका छन्। सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन्।
महासेठले आयोजनाको ठेक्कासम्बन्धी सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा झिकाएका छन्। आफ्नै रोहबरमा फाइल अध्ययन गराई चिनियाँ कम्पनीलाई ठेक्का दिलाउन उनले निर्देशन दिएको सडक स्रोतले बतायो। उनले आयोजना प्रमुख सञ्जय श्रेष्ठलाई हटाएका छन्। उक्त जिम्मेवारी सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशव शर्मालाई दिएका छन्।
श्रेष्ठ आगामी चार महिनापछि सेवानिवृत्त हुँदैछन्। ‘मलाई हटाइएको भन्ने सुनेँ,’ श्रेष्ठले भने, ‘पत्र पाएको छैन।’ आयोजनाले आगामी आइतबार (मंसिर २३) पूर्व योग्यता सूचीमा परेका ठेकेदारमध्येबाट आर्थिक र प्राविधिक रूपले सबैभन्दा उत्कृष्टलाई छनौट गर्र्दैछ।आयोजनाको ठेक्काका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीको प्रस्ताव छ। जापानी ऋण भए पनि यो ठेक्कामा विश्वव्यापी प्रतिस्पर्धा हुन लागेको हो। गत साउन २४ गते विश्वव्यापी प्रतिस्पर्धा गराइएको थियो।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…