तिनाउ गाउपालिका चुनढुङ्गा खानी प्रचुर मात्रामा ।

पाल्पा, २२ असोज : भबिन्द्र गौतम ।

तिनाउ गाउपालिका चुनढुङ्गा खानी प्रचुर मात्रामा भएपनि त्यसबाट गाउ‘पालिकाले लाभ लिन नसकेकोमा स्थानीयहरुले गुनासो गरेका छन् । उनीहरुले खानीबाट कति परिमाणमा कस्ता कच्चा पदार्थ निकासी भएको छ भन्ने बारेमा अनुगमन गरेर करको दायरामा ल्याउनुपर्ने सुझाव दिएका छन् । चुनढुङ्गाको अनुमति लिएर मिसकट र अन्य बस्तु समेत मनपरी निकासी भएकाले यसलाई रोक्नुपर्ने सामुदायिक वन समन्वय समितिका महासचिव पदमलाल शाक्यले गाउ‘पालिकासंग अनुरोध गरेका छन् ।

आर्थिक बर्ष २०७५÷०७६ को पहिलो चौमासिकमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनिमात्रै होइन गाउ‘पालिकालाई सुझाव दिने अधिकांश व्यक्तिहरुले चुनढुङ्गाका बोक्ने ट्रिपरका लागी सिद्धार्थ राजमार्ग भन्दा अन्य बैकल्पीक सडकको खोजी गर्नुपर्ने, ट्रिपरका कारण भएको धुवॉ धुलो व्यावस्थापनमा पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुले आर्थिक बर्ष २०७४÷०७५ मा भएका बार्षिक प्रगति प्रतिवेदन र गाउ‘पालिका अध्यक्ष ओम बहादुर घर्तीले गाउ‘पालिकाले प्राप्त उपलब्धीहरु र भावी योजनाका बिषयमा सहभागीहरु बिच जानकारी र जिज्ञासाहरुको समाधान गरेका थिए । अधुरा योजना सम्पन्न गर्नेका लागी बजेट व्यावस्थापन गर्नुपर्ने, पर्यटन प्रर्वद्धन र होमस्टे व्यावस्थापनमा ध्यान दिनुपर्ने, युवा स्वरोजगारका कार्यक्रम र युवाका क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने, कृषिको विकास, उद्योग व्यावसाय प्रर्वद्धनमा ख्याल गर्नुपर्ने सुझाव राखेका थिए ।

पाल्पा विकास केन्द्रको सहजिकरणमा भएको सार्वजनिक सुनुवाईमा सावउपाध्यक्ष दमयन्ती थापा र गाउ‘पालिका प्रवक्ता राजेश श्रेष्ठले सकारात्मक सुझावलाई बिषयगत क्षेत्रका व्यक्तिहरुसंग सल्लाह र छलफलबाट समाधानको पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago