पाल्पा, २२ असोज : भबिन्द्र गौतम ।
तिनाउ गाउपालिका चुनढुङ्गा खानी प्रचुर मात्रामा भएपनि त्यसबाट गाउ‘पालिकाले लाभ लिन नसकेकोमा स्थानीयहरुले गुनासो गरेका छन् । उनीहरुले खानीबाट कति परिमाणमा कस्ता कच्चा पदार्थ निकासी भएको छ भन्ने बारेमा अनुगमन गरेर करको दायरामा ल्याउनुपर्ने सुझाव दिएका छन् । चुनढुङ्गाको अनुमति लिएर मिसकट र अन्य बस्तु समेत मनपरी निकासी भएकाले यसलाई रोक्नुपर्ने सामुदायिक वन समन्वय समितिका महासचिव पदमलाल शाक्यले गाउ‘पालिकासंग अनुरोध गरेका छन् ।
आर्थिक बर्ष २०७५÷०७६ को पहिलो चौमासिकमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनिमात्रै होइन गाउ‘पालिकालाई सुझाव दिने अधिकांश व्यक्तिहरुले चुनढुङ्गाका बोक्ने ट्रिपरका लागी सिद्धार्थ राजमार्ग भन्दा अन्य बैकल्पीक सडकको खोजी गर्नुपर्ने, ट्रिपरका कारण भएको धुवॉ धुलो व्यावस्थापनमा पहल गर्नुपर्ने माग गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुले आर्थिक बर्ष २०७४÷०७५ मा भएका बार्षिक प्रगति प्रतिवेदन र गाउ‘पालिका अध्यक्ष ओम बहादुर घर्तीले गाउ‘पालिकाले प्राप्त उपलब्धीहरु र भावी योजनाका बिषयमा सहभागीहरु बिच जानकारी र जिज्ञासाहरुको समाधान गरेका थिए । अधुरा योजना सम्पन्न गर्नेका लागी बजेट व्यावस्थापन गर्नुपर्ने, पर्यटन प्रर्वद्धन र होमस्टे व्यावस्थापनमा ध्यान दिनुपर्ने, युवा स्वरोजगारका कार्यक्रम र युवाका क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने, कृषिको विकास, उद्योग व्यावसाय प्रर्वद्धनमा ख्याल गर्नुपर्ने सुझाव राखेका थिए ।
पाल्पा विकास केन्द्रको सहजिकरणमा भएको सार्वजनिक सुनुवाईमा सावउपाध्यक्ष दमयन्ती थापा र गाउ‘पालिका प्रवक्ता राजेश श्रेष्ठले सकारात्मक सुझावलाई बिषयगत क्षेत्रका व्यक्तिहरुसंग सल्लाह र छलफलबाट समाधानको पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…