सुमन भुसाल (सोनु) को भनाई ,जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय अधिबेशन ले सबै युवाहरु लाई सोच्नु पर्ने बाध्यता ।

टोक्यो अक्टोबर ८ । जनसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समितिको अक्टूबर ७ तारिखमा सम्पन्न अधिवेशनमा मलाई कोषध्यक्ष पदमा मतदान गर्नुहुने सबै मेरा आदरिणय मतदाता प्रति आभार ब्यक्त गर्दछु । तपाईहरुको सहयोग र विस्वासले यति धेरै मत प्राप्त भएको छ । त्यसैगरी मलाई यो अभियानमा साथ र सहयोग गर्ने सबै अग्रज तथा मेरो सबै शुभेच्छुकहरुलाई धन्यबाद ज्ञापन गर्न चाहान्छु ।

कान्तो क्षेत्रको अधिवेशनमा देखिएको केहि दृश्य र गतिबिधिहरुले भने मेरो ध्यान खिचेको छ । सहमतिको लागि निर्वचन समिति र जापानमा रहेका सबै अग्रजहरुले पहल गर्दा पनि अधिवेशन स्थानमा नै आउन नसक्ने उम्मेदबारहरुले के गर्न सक्छन ? यो गम्भिर प्रश्न बनेको छ । प्रजातांत्रिक अभ्यासमा जित हार ठुलो विषय नभएपनि निति र नियतले हार्नु हुदैन यो चुनावमा केहि अग्रजहरुको ब्यबहार सिङगो पार्टिलाई मुठिमा राख्ने, जसरी भएपनि आपना मान्छेहरुलाई जिताउनु पर्ने देखियो । यस्ता गतिबिधिको म सधै बिरोधि हु र यस्तो कृयाकलापको सधै बिरोध गर्ने छु ।

कान्तो क्षेत्रीय समितिको अधिवेशन नत समयमा नै शुरु हुन सक्यो नत निष्पक्ष नै यसरी नै अधिवेशन हुने हो भने हामि जस्ता युवाहरुले सोच्नु पर्ने बाध्यता हुनेछ । निर्वाचन समितिले नै उम्मेदबारी दिएको मान्छे नै अधिवेशन अनुपस्थित हुने ब्यक्तिलाई कसरी उम्मेदबार बनाई रहन सक्छ? यो सार्वजनिक पदमा बस्छु र समाजसेवा गर्छु भन्नेहरुको नैतिक आचरण हो कि होईन गम्भिर भएर सोच्ने समय आएको छ ।

मेरो लड़ाई एक ब्यक्ति र एउटा समुहसग नभई विधि र प्रकृयासग हो, त्यसैले सम्पुर्ण अग्रज, सहकर्मी र मेरो साथिहरुलाई यो अभियानमा साथ दिनुभएकोमा आभार ब्यक्त गर्दै आगमि दिनहरुमा पनि तपाईहरुको साथको अपेक्षा राखेको छु । सुमन भुसाल (सोनु) टोकियो, जापान ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago