टोक्यो अक्टोबर ८ । जनसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समितिको अक्टूबर ७ तारिखमा सम्पन्न अधिवेशनमा मलाई कोषध्यक्ष पदमा मतदान गर्नुहुने सबै मेरा आदरिणय मतदाता प्रति आभार ब्यक्त गर्दछु । तपाईहरुको सहयोग र विस्वासले यति धेरै मत प्राप्त भएको छ । त्यसैगरी मलाई यो अभियानमा साथ र सहयोग गर्ने सबै अग्रज तथा मेरो सबै शुभेच्छुकहरुलाई धन्यबाद ज्ञापन गर्न चाहान्छु ।
कान्तो क्षेत्रको अधिवेशनमा देखिएको केहि दृश्य र गतिबिधिहरुले भने मेरो ध्यान खिचेको छ । सहमतिको लागि निर्वचन समिति र जापानमा रहेका सबै अग्रजहरुले पहल गर्दा पनि अधिवेशन स्थानमा नै आउन नसक्ने उम्मेदबारहरुले के गर्न सक्छन ? यो गम्भिर प्रश्न बनेको छ । प्रजातांत्रिक अभ्यासमा जित हार ठुलो विषय नभएपनि निति र नियतले हार्नु हुदैन यो चुनावमा केहि अग्रजहरुको ब्यबहार सिङगो पार्टिलाई मुठिमा राख्ने, जसरी भएपनि आपना मान्छेहरुलाई जिताउनु पर्ने देखियो । यस्ता गतिबिधिको म सधै बिरोधि हु र यस्तो कृयाकलापको सधै बिरोध गर्ने छु ।
कान्तो क्षेत्रीय समितिको अधिवेशन नत समयमा नै शुरु हुन सक्यो नत निष्पक्ष नै यसरी नै अधिवेशन हुने हो भने हामि जस्ता युवाहरुले सोच्नु पर्ने बाध्यता हुनेछ । निर्वाचन समितिले नै उम्मेदबारी दिएको मान्छे नै अधिवेशन अनुपस्थित हुने ब्यक्तिलाई कसरी उम्मेदबार बनाई रहन सक्छ? यो सार्वजनिक पदमा बस्छु र समाजसेवा गर्छु भन्नेहरुको नैतिक आचरण हो कि होईन गम्भिर भएर सोच्ने समय आएको छ ।
मेरो लड़ाई एक ब्यक्ति र एउटा समुहसग नभई विधि र प्रकृयासग हो, त्यसैले सम्पुर्ण अग्रज, सहकर्मी र मेरो साथिहरुलाई यो अभियानमा साथ दिनुभएकोमा आभार ब्यक्त गर्दै आगमि दिनहरुमा पनि तपाईहरुको साथको अपेक्षा राखेको छु । सुमन भुसाल (सोनु) टोकियो, जापान ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…