ओली नेतृत्व वर्तमान सरकारलाई असफल हुन छूट छैन : योगेश भट्टराई

जापान । प्रतिनिधीसभा सांसद तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले वर्तमान केपि शर्मा ओली नेतृत्व सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ ।

आईतवार नेपाल पत्रकार महासघं जापानले टोकियोमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा बोल्दै नेता भट्टराईले नेपाल कम्युनिष्टको सरकारलाई असफल बनाउन देशभित्र र देश बाहिराबाट विभिन्न शक्तिहरुले चलखेल गरेको पनि आरोप लगाउनु भयो ।
कम्युनिष्ट सरकार देख्न नचाहाने शक्तिले असफल बनाउन षड्यन्त्र गरेकाले सरकारले होसियार भएर काम गर्नु पर्ने बताउदै अहिलेको सरकार असफल भए मुलुकको भविष्य नै सकिने हुँदा सरकारलाई असफल हुने छुट नभएको उल्लेख गर्नु भयो ।

ऐतिहासिक संविधान निर्माण गरेको र बहुमतसहितको नेतृत्व गरेको सरकार कुनै पनि हालतमा असफल नहुने दाविसमेत गर्दै देशको आर्थिक समृद्धी अहिले प्रमुख एजेन्डा भएको उल्लेख गर्नुभयो ।
५ दिने अवलोकन भ्रमनको लागि जापान आउनु भएका नेता भट्टराईले विकासित राष्ट्रहरुले पुजी भएर मात्रै विकास नभएकोले देशको विकासका लागि निती संकल्प, प्रतिबद्धता र दृढ़शक्ति आवस्यक पर्ने बताउनुभयो । सरकारले सन २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेकाले प्रवासमा रहने नेपालीहरुले सरकारको योजना सफल पार्न हतेमालो गर्दै एक जना नेपालीले १० जना विदेशी नागरिकलाई नेपाल पठाउन आग्रह समेत गर्नुभयो ।

फरक प्रसङगमा नेता भट्टराईले देशमा भएको हत्या र बलात्कारप्रति दुख ब्यक्त गर्दै दोषिलाई कानुनी कठघरामा ल्याउन नेपालको पुलिस प्रशासन सक्षम रहेको र नेपालको पुलिस प्रशासन नफ़ेलको बताउनु भयो । पार्टी भित्र नेताहरुविच दोहोरी भईरहेको छ नि भन्ने पत्रकारको जिज्ञाषालाई मेटाउदै नेता भट्टराईले दोहोरी पनि एक बिदा हो ,दोहोरी गाउनेहरु पनि शुरुमा छेड़खानी गर्छन अन्तमा मिल्छन, त्यस्तै पार्टिमा पनि नेताहरुकाविच दोहोरी चल्नु अनौठो होईन यसले निष्कर्ष दिन्छ र हाम्रो पार्टी एक ढिक्का भएर जाने नेता भट्टराईले बताउनु भयो ।

नेता भट्टराईले चार प्रधानमन्त्री भएको नेपाल कम्युनिस्ट पार्टी नेताहरुको पनि नेता भएको पार्टी भएकोले नेताहरुको ब्यक्तित्को व्यवस्थापन गर्दै पार्टिलाई बिधि संवत र बैधानिक तरिकाले संचालन गर्नको लागि छलफल भएको बताउनुभयो । पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सदस्य शान्त पहरीले संचालन गरि कार्यक्रम सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago