ओली नेतृत्व वर्तमान सरकारलाई असफल हुन छूट छैन : योगेश भट्टराई

जापान । प्रतिनिधीसभा सांसद तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले वर्तमान केपि शर्मा ओली नेतृत्व सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ ।

आईतवार नेपाल पत्रकार महासघं जापानले टोकियोमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा बोल्दै नेता भट्टराईले नेपाल कम्युनिष्टको सरकारलाई असफल बनाउन देशभित्र र देश बाहिराबाट विभिन्न शक्तिहरुले चलखेल गरेको पनि आरोप लगाउनु भयो ।
कम्युनिष्ट सरकार देख्न नचाहाने शक्तिले असफल बनाउन षड्यन्त्र गरेकाले सरकारले होसियार भएर काम गर्नु पर्ने बताउदै अहिलेको सरकार असफल भए मुलुकको भविष्य नै सकिने हुँदा सरकारलाई असफल हुने छुट नभएको उल्लेख गर्नु भयो ।

ऐतिहासिक संविधान निर्माण गरेको र बहुमतसहितको नेतृत्व गरेको सरकार कुनै पनि हालतमा असफल नहुने दाविसमेत गर्दै देशको आर्थिक समृद्धी अहिले प्रमुख एजेन्डा भएको उल्लेख गर्नुभयो ।
५ दिने अवलोकन भ्रमनको लागि जापान आउनु भएका नेता भट्टराईले विकासित राष्ट्रहरुले पुजी भएर मात्रै विकास नभएकोले देशको विकासका लागि निती संकल्प, प्रतिबद्धता र दृढ़शक्ति आवस्यक पर्ने बताउनुभयो । सरकारले सन २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेकाले प्रवासमा रहने नेपालीहरुले सरकारको योजना सफल पार्न हतेमालो गर्दै एक जना नेपालीले १० जना विदेशी नागरिकलाई नेपाल पठाउन आग्रह समेत गर्नुभयो ।

फरक प्रसङगमा नेता भट्टराईले देशमा भएको हत्या र बलात्कारप्रति दुख ब्यक्त गर्दै दोषिलाई कानुनी कठघरामा ल्याउन नेपालको पुलिस प्रशासन सक्षम रहेको र नेपालको पुलिस प्रशासन नफ़ेलको बताउनु भयो । पार्टी भित्र नेताहरुविच दोहोरी भईरहेको छ नि भन्ने पत्रकारको जिज्ञाषालाई मेटाउदै नेता भट्टराईले दोहोरी पनि एक बिदा हो ,दोहोरी गाउनेहरु पनि शुरुमा छेड़खानी गर्छन अन्तमा मिल्छन, त्यस्तै पार्टिमा पनि नेताहरुकाविच दोहोरी चल्नु अनौठो होईन यसले निष्कर्ष दिन्छ र हाम्रो पार्टी एक ढिक्का भएर जाने नेता भट्टराईले बताउनु भयो ।

नेता भट्टराईले चार प्रधानमन्त्री भएको नेपाल कम्युनिस्ट पार्टी नेताहरुको पनि नेता भएको पार्टी भएकोले नेताहरुको ब्यक्तित्को व्यवस्थापन गर्दै पार्टिलाई बिधि संवत र बैधानिक तरिकाले संचालन गर्नको लागि छलफल भएको बताउनुभयो । पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सदस्य शान्त पहरीले संचालन गरि कार्यक्रम सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago