नेपाल समूह विजेता बन्दै साफ च्याम्पियनसिप को सेमिफाइनलमा

काठमाडौं : साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ । यो जितसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि विमल घर्तीमगर र नवयुग श्रेष्ठले सुन्दर गोल गरे । खेलको ३३ औं मिनेटमा विमल र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्।

सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए। सार्कसहित नेपालको यो १२ औं सस्करण हो।

विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए। उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा गोल गरेका थिए। विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो। सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो।

दोस्रो हाफको ८० औं मिनेटमा विमलले फेरी बल पोस्टभित्र छिराएपनि लाइन्सम्यानले झन्डा उठाएपछि रेफ्रीले उक्त गोल अफसाइड घोषित गरे। नेपालले खेलको अन्तिम समयमा अग्रता दोब्बर पारेको थियो। सुनील बलको थ्रु पासमा नवयुग श्रेष्ठले नेपालको लागि दोस्रो गोल गर्दै जित पक्का गरे।

विमलको प्रहारबाट हातमा आइसकेको बल घरेलु टोलीका गोलकिपर मोहम्मद साहिदुल आलमले फुत्याएपछि गोल भएको थियो। सागरले सन् २०११ मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा पनि उनी मोहम्मदले पोष्ट सम्हालेका थिए।

यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान र बंगलादेशको पनि समान ६–६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो। नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो। तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडी भएपछि समूह विजेता बन्दै नेपाल अगाडी बढेको हो।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago