टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ ।भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् ।“हाम्रो यहाँ अहिलेसम्म बहिरो गएको थिएन,” आफ्नो भाइ गुमाएका अत्सुमाका अकिरा मत्सुशीताले भन्नुभयो ।उहाँले थप्नुभयो, “मैले आफ्नै आखाँले जे देखेँ, त्यो अहिले पनि विश्वास गर्न सकिरहेको छैन, त्यो देख्दा एक जना पनि जीवित रहन सक्छ जस्तो लागेको थिएन ।”
गत बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ ।सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । उद्धारकार्यमा हजारौको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…