काठमाडौं भाद्र २३ । गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुघर्टना भएको छ ।
नाइनएनएएलएस कल साइनको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् ।
काठमाडौं विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने यो हेलिकप्टरसँग बिहान ८ बजेर ५ मिनेटपछि सम्पर्क टुटेको हो ।
हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु सवार थिए । हेलिकोप्टरमा सवार मध्येहिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसी (पाइलट) सवार थिए । तिवारीका अनुसार डोल्मा डिकी मात्र जीवित छिन् । अन्य यात्रुको शव हेलिकोप्टरमै भेटिएको हो ।
मृत्युभएकाहरु : हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR) दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप) , हिरा शेर्पा (वर्ष ३५, दोलखा , छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १) , सुनिल तामाङ (वर्ष २२) निश्चल केसी (पाइलट) घाइते :- ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…