अल्टिच्युडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १ महिला जिवितै, ६ को मृत्यु ! मृतकको नामावली सहित

काठमाडौं भाद्र २३ । गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुघर्टना भएको छ ।

नाइनएनएएलएस कल साइनको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् ।

काठमाडौं विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने यो हेलिकप्टरसँग बिहान ८ बजेर ५ मिनेटपछि सम्पर्क टुटेको हो ।

हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु सवार थिए । हेलिकोप्टरमा सवार मध्येहिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसी (पाइलट) सवार थिए । तिवारीका अनुसार डोल्मा डिकी मात्र जीवित छिन् । अन्य यात्रुको शव हेलिकोप्टरमै भेटिएको हो ।

मृत्युभएकाहरु : हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR) दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप) , हिरा शेर्पा (वर्ष ३५, दोलखा , छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १) , सुनिल तामाङ (वर्ष २२) निश्चल केसी (पाइलट) घाइते :- ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago