७ यात्रु बोकेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन, यात्रुको सूची

काठमाडौं भाद्र २३ ।  गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। 9NALS कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

काठमाडौंबाट २५ नटिकल दूरीमा आएपछि हेलिकोप्टर सम्पर्कविहीन भएको तिवारीले बताए। हेलिकोप्टर धादिङको खनियावास गाउँपालिका माथिको आकाशमा आाएपछि हराएको हो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।

हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु छन्। तिवारीका अनुसार एकजना यात्रु सम्पर्कमा आएका छन्। उनले हेलिकोप्टर दुर्घटना भएको र आफू सकुशल रहेको बताएको तिवारीले जानकारी दिए।

उद्धारका लागि गएको अल्टिच्युड एयरको अर्को हेलिकोप्टर खराब मौसमका कारण फिर्ता भएको र खोजीको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

प्रहरीका अनुसार उक्त होलिकोप्टर ७ बजेर ३५ मिनेटमा गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो। त्यहाँबाट एकजना जापानी नागरिकसहित पाइलटसहित ७ जना लिएर बिहान ७ बजेर ४० मिनेटमा उडेको थियो।

को को थिए हेलिकोप्टरमा ?

हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
हिरा शेर्पा (वर्ष ३५, दोलखा
ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
सुनिल तामाङ (वर्ष २२)
निश्चल केसी (पाइलट)

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago