काठमाडौं भाद्र २३ । गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। 9NALS कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।
काठमाडौंबाट २५ नटिकल दूरीमा आएपछि हेलिकोप्टर सम्पर्कविहीन भएको तिवारीले बताए। हेलिकोप्टर धादिङको खनियावास गाउँपालिका माथिको आकाशमा आाएपछि हराएको हो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।
हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु छन्। तिवारीका अनुसार एकजना यात्रु सम्पर्कमा आएका छन्। उनले हेलिकोप्टर दुर्घटना भएको र आफू सकुशल रहेको बताएको तिवारीले जानकारी दिए।
उद्धारका लागि गएको अल्टिच्युड एयरको अर्को हेलिकोप्टर खराब मौसमका कारण फिर्ता भएको र खोजीको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।
प्रहरीका अनुसार उक्त होलिकोप्टर ७ बजेर ३५ मिनेटमा गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो। त्यहाँबाट एकजना जापानी नागरिकसहित पाइलटसहित ७ जना लिएर बिहान ७ बजेर ४० मिनेटमा उडेको थियो।
को को थिए हेलिकोप्टरमा ?
हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
हिरा शेर्पा (वर्ष ३५, दोलखा
ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
सुनिल तामाङ (वर्ष २२)
निश्चल केसी (पाइलट)
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…