काउली बुढी नेपाल आइडलबाट आउट भईन्, टप २० भित्र पनि पर्न सकिनन्

काठमाडौँः एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् ।

काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा ‘फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा….’ गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर राउन्डमा टुंगिएको हो । नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिएपछि उनी रुँदै भावविह्वल भएकी थिइन् । तर उनले नेपाल आइडलबाट बाहिरिए पनि उनले आफूलाई केबल पाँच मिनेट समयले स्टार बनाइदिएको प्रतिक्रिया पनि दिइन् ।

‘नेपाल आइडलले दिएको पाँच मिनेट समयले आज म यति चर्चित भएकी छु’, उनले भनिन्, ‘अब पहिलेबाटै चलिरहेको मेरो काउली बुडी शोलाई निरन्तरता दिन्छु, गायन त साथमा छँदैछ ।’
नेपाल आइडलको थिएटर राउन्ड सकिएसँगै अब पियानो राउन्डका लागि अन्तिम २० जना प्रतिस्पर्धी छनोट भएका छन् । नेपाल आइडल हाल एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजेदेखि प्रसारण हुँदै आएको छ।

काउली बुढी’ सन्ध्या बुढा अर्थात् काउली बुढीले युट्व च्यानलमा काउली बुढी नामक शो पनि चलाउँदै आएकी छिन्। कार्यक्रम निकै राम्रो भएपनि उनी नेपाल आइडलमा आउनुअघि त्यसको धेरै चर्चा भएको थिएन। तर, नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।

सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन्। उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्। आजको पत्र पत्ररिकामा छापिएकोछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago