एच.आईं.भी. संक्रमितको भेदभाव न्यूनीकरणको लागि नयाँ ढंगबाट लागौं

पाल्पा, २५ जेष्ठ भबिन्द्र गौतम –
स्वतन्त्र पत्रकार संघ पाल्पाको संयोजन र हिमालयन सोसियल वेल फियर अर्गनाइजेसन ललितपुरको सहयोगमा तानसेनमा संक्षिप्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एच.आई.भी.को नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याउने विषयमा सहभागीहरूबीचमा छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरूले राज्यले पुरातन शैलीबाट संक्रमितहरूबारे कार्यक्रम सञ्चालन गर्नुभन्दा गुणात्मक उपलब्धिमा केन्द्रीत रही लक्षित समुदायमा प्रभावकारिता हुने गरी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । पाल्पा संग्राहलयका अध्यक्ष राजेन्द्र गोपाल सिंहले समस्या केन्द्रीत क्षेत्र पहिचान गरी प्रभावकारीता ल्याउने कार्यक्रम जरुरी रहेको जनाए । उनले एच.आई.भी. संक्रमितहरूको सवालमा काम गर्दै आएका निकायहरूले वर्षौदेखि एकै प्रकृतिले कार्यक्रम गर्दै आएकोले संक्रमितको सुरक्षा, आत्मसम्मान र आत्मनिर्भरताका लागि नयाँ ढंगले बहस चलाउनुपर्ने बताए ।

तानसेन बहुमुखी क्याम्पसका सहायक प्रमुख पुष्करराज रेग्मीले गुणात्मक उपलब्धि हुनेगरी तथ्याङ्क सङ्कलन गरी लक्षित समुदायमा कार्यक्रम गर्दा प्रभावकारीता हुनेमा जोड दिए । सञ्चारकर्मी एवं स्वतन्त्रका कार्यसमिति सदस्य विष्णु पाण्डेले कार्यक्रमहरूले संक्रमितहरूलाई सुधारात्मक तथा रोजगार केन्दित बनाई समस्या समाधानमुखी हुनुपर्नेमा जोड दिए । स्वतत्र पत्रकार संघका केन्द्रीय सह–कोषाध्यक्ष अम्बिका पाण्डेले एच.आई.भी. संक्रमित व्यक्तिको जीवनको अवधी लम्ब्याउन मद्दत गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन ।

स्वतन्त्र पत्रकार संघका पाल्पा अध्यक्ष भोजराज भट्टराईले संक्रमित व्यक्तिको जीवन अवधि लम्ब्याउन सचेतना अभिवृद्धि गर्दै यौनजन्य क्रियाकलापमा खुल्ला बहस गरी सामाजिक संस्कारमा सुद्धीकरण गर्नुपर्नेमा जोड दिए । उनले संक्रमित व्यक्तिको सवालमा जिल्लामा विभिन्न स्थानीय संघ संस्थाहरू निरन्तर लागि परेको भन्दै उनीहरूसँगको सहकार्यमा संक्रमित व्यक्तिको लागि रोग प्रतिरोधात्मक क्षमता, रहनसहन, खानपान र औषधी उपचारका विषयलाई बहसमा ल्याउन आवश्यक रहेको जनाए ।

सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै हिमालयन सोसियल वेल फेयरका सुपरभाइजर विकास खातीले हिमालयन वेल फेयरले एच.आर्इं.भी. संक्रमितहरूलाई सोधखोज गरी नेपालमै पहिलो रोजगारी प्रदान गर्ने गरी कार्यक्रम गर्दै आएको र विभिन्न एच.आर्इं.भी. संक्रमित क्षेत्र पहिचान गरी उनीहरूको दीर्घजीवनको लागि र स्वास्थ्य उपचारमा लक्षित कार्यक्रम गर्दै आएको जनाए । उनले हाल नेपालका ५५ जिल्लाका ६१ वटा ए.आर.टी. केन्द्रबाट एन्टीरेट्रोभाईरल उपचार नेपाल सरकारले निःशुल्क उपलब्ध गराइएको जानकारी गराउँदै नेपाल सरकारसँगको समन्वयमा एच.आई.भी. संक्रमित व्यक्तिलाई गर्नुपर्ने सहयोग, एच.आई.भी. र यौनरोग बिचको सम्बन्ध, एच.आई.भी. एड्सको उपचार पद्दती, एच.आर्इं.भी. संक्रमित व्यक्तिले देश र समाजका लागि पुराउन सक्ने योगदानका विषयमा सरोकारवाला निकायहरूसँग अन्तक्रियात्मक कार्यक्रम गर्दै आएको जनाए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago