स्मार्टफोनका केही भ्रमहरू यि काम नगरेकै बेस किनकि जसको खास अर्थ छैन

एजेन्सी : हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन साथै स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । आजको यो आधुनिक युगमा स्मार्टफोनको प्रयोग दिनानुदिन बढिरहेको छ स्मार्टफोन प्रयोगकर्ताहरुले केही भ्रमहरू पनि पाल्नुभएको छ आउनुस् यो भ्रमहरूको चिरफार अब हामी गर्नेछौं
१) ब्याट्रीको अवधि बढाउन अँध्यारो थिम प्रयोग गर्ने
ओएलइडी वा अमोएलइडी स्क्रिनमा मात्र यसले काम गर्छ, किनभने यसमा हरेक पिक्सेलले आफ्नो लाइट प्रयोग गर्छ र कालो पिक्सेल बल्दैन । तर,पूरै कालो रंगको डिस्प्ले प्रयोग गरे पनि उत्तिकै मात्रामा ब्याट्री प्रयोग भइरहेको हुन्छ, जसमा थिम प्रयोग गरेर पनि केही फाइदा हुँदैन।
२) फोनलाई धेरै चार्ज हुने डरले रातको समयमा सकेटबाट हटाउने
पहिले पहिलेका ब्याट्रीहरुमा ब्याट्रीको प्रविधि यति उन्नत भइसकेको थिएन । अहिले स्मार्टफोनको ब्याट्री निकै आधुनिक भइसकेको छ । लिथियमियन ब्याट्री चार्ज गर्दा तात्छन् । तर, यो सामान्य विज्ञान हो । मोबाइल फोन होस् वा ल्यापटप, जब ब्याट्री शत प्रतिशत चार्ज भएको छ र वाल सकेटमा जोडिएको छ भने ती साधनभित्र रहेको विद्युतीय सर्किटले ब्याट्रीलाई चार्ज हुनबाट रोक्छ ।
३. ब्याकग्राउन्ड एपहरू बन्द गर्ने
ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा ल्यापटपमा रिफ्रेस क्लिक गरिरहेजस्तो ब्याकग्राउन्ड एपहरू बन्द गर्ने धेरैको बानी हुन्छ। ब्याकग्राउन्ड एपले समस्या ल्याउने भएको भए एप्पल र गुगलले त्यसको समाधानका उपाय ल्याइसक्थे ।

४.स्मार्टफोनमा स्क्रिन प्रोटेक्टर राख्ने
स्क्रिन प्रोटेक्टरहरूले फोन खसिहाल्यो भने स्क्रिन जोगाउँछ भन्ने छैन । तपाईंको फोनमा पछिल्लो गोरिल्ला ग्लास स्क्रिन छ भने तपाईंले यसमा ती स्क्रिन प्रोटेक्टर राखेर ठूलै हानि गरिरहनुभएको छ ।
५) फ्री वाइफाईमा विश्वास गर्न छोड्नुस्
कुनै कुरा निःशुल्क छ भन्दैमा सुरक्षित छ भन्न मिल्दैन । डाटा र इन्टनेटको शुल्क निकै सस्तो भइसकेको अहिलेको अवस्थामा जुन पायो त्यो निःशुल्क वाइफाईमा फोन कनेक्ट नगर्नुस् । तपाईंको नेटवर्क ट्राफिकमा कसले ह्याक गर्न खोजिरहेको छ भन्ने तपाईंलाई थाहा नभएको पनि हुन सक्छ ।
६) सधैँ फोन चार्ज गर्न फोनको ओरिजिनल चार्जर प्रयोग नगर्नुस्
प्रतेकपल्ट फोन चार्ज गर्न ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन,तपाईंले फोनको चार्जर हराउनुभयो भने, के गर्ने ? ओरिजिनल चार्जर किन्नु निकै महँगो हुन सक्छ । तर, राम्रो गुणस्तरको भरपर्दो फोन चार्जर अहिले इ–कमर्स साइटहरूमा पाइन्छ ।

Tuborg

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago