पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा

हेटौँडा । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो ।

रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुक्त खनालले जानकारी दिनुभयो । नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको प्रमुख खनालले बताउनुभयो ।

रुख कटान गर्ने जिम्मेवारी नेपाल टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ । सो आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने प्रमुख खनालको भनाइ छ ।

पाइपलाइन बिस्तारका लागि आरक्ष क्षेत्रको १० किमी जङ्गल पर्छ । पाइपलाइन बिछ्याउने काममा आएका सबै अवरोध हटेकाले अबको एक महीनामा यो कार्य पूरा हुने उहाँले बताउनुभयो । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँको सहयोगमा उक्त पाइपलाइनको निर्माण कार्य भइरहेको छ । भारततर्फ विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तार कार्यक्रमअन्तर्गत तीन किमी बनाउन बाँकी रहेको बताइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago