पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा

हेटौँडा । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो ।

रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुक्त खनालले जानकारी दिनुभयो । नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको प्रमुख खनालले बताउनुभयो ।

रुख कटान गर्ने जिम्मेवारी नेपाल टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ । सो आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने प्रमुख खनालको भनाइ छ ।

पाइपलाइन बिस्तारका लागि आरक्ष क्षेत्रको १० किमी जङ्गल पर्छ । पाइपलाइन बिछ्याउने काममा आएका सबै अवरोध हटेकाले अबको एक महीनामा यो कार्य पूरा हुने उहाँले बताउनुभयो । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँको सहयोगमा उक्त पाइपलाइनको निर्माण कार्य भइरहेको छ । भारततर्फ विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तार कार्यक्रमअन्तर्गत तीन किमी बनाउन बाँकी रहेको बताइएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago