कुशल प्रशासक ढकाललाई लूम्बिनी बिकास कोषको सदस्य सचिब नियुक्त

पाल्पा २१ साउन, सरकारले लुम्बिनी बिग्य विष्णु प्रसाद ढकाललाई हालै सदस्य सचिवमा नियुक्त गरेको छ।यो पद केही महिना देखि यता रिक्त रहदा लूम्बिनी बिकास कोषको मुख्य काम प्रभावित भएको थियो।नेपाल सरकारका सहसचिव ढकाल पछिल्लो समय पाल्पाका प्रजिअ थिए।

ढकालले केही दिन अघि देखि कार्यभार सम्हालेका छन।यस अघि कोषको आयोजना प्रमुख र रूपन्देही, कपिलबस्तुको प्रजिअ रहदा उनले प्रभावकारी काम गरेकै कारण यो नियुक्ति मिलेको बताइन्छ।यही साउन २३ गते उनी सहसचिव बाट रिटायर्ड हुदै थिए।समग्र लुम्बिनी बिकास र पर्यटन बुझेको समन्वयकारी छयमता र कुशल प्रशासक भयकै कारण पनि उनी प्राथमिकतामा परेको बताइन्छ।

ढकालले सवै अस्त्र प्रयोग गरि ३ बर्ष भित्र बृहत लुम्बिनी गुरू योजना पूरा गर्ने प्रतिबद्दता ब्यक्त गरे।”यसका लागि ग्लोबल टेन्डर समेतको तयारीमा लाग्छौ।” यस अघि थोरै समय आयोजना प्रमुख र सिडिओ हूदा उनले कोष भित्र आन्तरिक र बाह्य रूपमा देखिने गरी परिवर्तन ल्याएका थिए।बौद्द विश्व बिद्यालय स्थापनाका लागि पुर्वाधार,प्रवेश शुल्कको थालनी,कृत्रिम पोखरी निर्माण,आन्तरिक ब्यवस्थापनमा सूधार,मोनाष्टिक जोन छूट्याई नहर निर्माण,दोस्रो बौद्द विश्व सम्मेलनमा आयोजना प्रमूख हूदा राम्रो कार्य दछ्यता देखाएर प्रशंसा पाएका थिए।दूवै जोडिएक। जिल्लाको सिडिओ हूदा भैरहवा एअरपोर्ट ,ऐतिहासिक तिलौराकोट र बिद्दूत सव स्टेशनका लागि जग्गा अधिग्रहण, बौद्द विश्व बिद्यालय र औद्योगिक छेत्रका लागि जग्गा ब्यवस्थापनमा उत्तिकै कार्यकूशलता प्रदर्शन र नेतृत्व गरी जनमन जितेका थिए।

नाकाबन्दीका बेला भारतीय डिएम सग प्रभावकारी समन्वय र उच्च कूटनैतिक छ्यमता प्रदर्शन गरि सुनौली नाका खुला राखे र देश भरि नून तेल ग्यास पुर्याउन नेतृत्व गरेका थिए।ऐतिहासिक गोटिहवा र तिलौराकोटको जग्गा सरछ्यणमा विशेष पहल र सक्रियता देखाए।कपिलवस्तुमा एक सय ३६ पुरातात्विक स्थल रहेकाले ५ बिगाह जमिन बौद्द विश्व विद्यालयको नाममा ब्यवस्थापन गरे र पूरातत्वको पढाई शुरू गराउन सरकारलाई सूझाए।बौद्दमार्गीहरूका बीच अति लोकप्रिय ढकाल बूद्द दर्शन र लुम्बिनी बारे धारा प्रवाह प्रवचन दिन्छन। १० महिना पाल्पा सिडिओ रहदा यहा स्थित बौद्द विहार र सम्बन्धित सस्थाका थूप्रै कार्यक्रममा सहभागी भै नामूद बूद्द प्रवचनकर्ता, लुम्बिनी र पर्यटन बिग्य कहलिएका छन।

नेपाल सरकारका धेरै मन्त्र।लयमा रही कार्य दछ्यता देखाएका ढक।ल एलडिओ र सिडिओमा रहदा रचनात्मक काम गरी लोकतन्त्र सुहाउदो जनताको सच्चा सेवक र कूशल प्रशासक रही नमूना र नतिजा मूखी काम गरी जनताको मन जितेका छन।पाल्पा रहदा थूप्रै जनमुखी काम गरी चर्चा पाएका ढकालले वूटवल तानसेन खन्ड सिद्दबाबाको पहिरो छल्न थूप्रै प्रयत्न गरी झूम्सा चरंङ्गे धागो कारखाना बैकल्पिक सडक खन्डको ट्रयाक खुलाई प्रदेश सरकारको ध्यान तानिदिएका छन।बहुमुखी प्रतिभाका धनी जागरिला समन्वयकारी ब्यक्ति लुम्बिनीको कार्यकारी पदमा आसिन हूदा लुम्बिनीछेत्रले अवश्य बिकास पाउने र लूम्बिनीले थप अन्तराष्ट्रिय उचाई प्राप्त गर्ने यस छेत्रको अपेछ्या छ ।

Bishawas Acharya

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago