सर्वाधिक पुरस्कार राशीको उपाधी टोक्यो ब्रदर्स ले चुम्न सफल

विश्वाश आचार्य , टोकियो जापान , बैशाख २४
एलजी एशोसिएसन जापानले टोकियोको निसिहाचिओजी अवस्थित फुटसल मैदानमा आयोजना गरेको प्रतियोगितामा जापान रहेका नेपालि २२ टिम को सहभागि रहेको थियो | ऊक्त प्रतियोगितको फाईनलमा चिरपरिचित प्रतिद्धन्दी राईजिगं नेपाल लाई शान्दार रुपमा ३-२ गोल अन्तरमा हराउँदै उपाधीको कब्जा गरेको हो।फाईनल खेलमा शान्दार जित दिलाउने क्रममा टोक्यो ब्रदर्सका शंकर श्रेष्ठ एक्लै ले ह्याट्रिक गोल गरे भने राईजिगं नेपालका सुजन गुरुगंले २ गोल गरे |

लामो समय पछि ठुलो उपाधी जितिसकेपछि टोक्यो ब्रदर्सका प्रशिक्षक सचिन श्रेष्ठ निक्कै खुशी हुँदै उहाँ ले यो जितले खेलाडी र समर्थकहरु माझ खुशी र हौसला थपिएको जानकारी गराउनु भयो।त्यसै गरी कप्तान झलक तामागंले टिमको खेलाडीहरुको लामो समय देखीको मिहिनेत र धैर्यताको कारण उपाधी संभव भएको बताउनु भयो |

प्रतियोगिताको विजेता बन्दै टोक्यो ब्रदर्सले आठ लाख ऐन(८० मान ऐन),ट्रफी र रनिगं शिल्ड प्राप्त गरेको छ भने उप विजेता राईजिगं नेपालले चार लाख ऐन(४० मान ऐन) प्राप्त गरेका छन।

त्यसै गरी व्यक्तिगत विधा तर्फ पनि टोक्यो ब्रदर्सले नै वचर्स्व कायम गरेको छ।फाईनलमा ह्याट्रिक गोल गरेका टोक्यो ब्रदर्सका शंकर श्रेष्ठले म्यान अफ द फाईनलको अवार्ड जिते।त्यसै गरी उत्कृष्ट गोलकिपर टोक्यो ब्रदर्स कै विवेक कार्की भए।उत्कृष्ट रक्षक पनि टोक्यो ब्रदर्सकै विकास चोखल भए भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि टोक्यो ब्रदर्स बाटै वाँगेल घलान घोषित भए।

त्यस्तै गरी उत्कृष्ट स्ट्राईकर राईजिगं नेपालका सुजन गुरुगं भए भने सर्वाधिक गोलकर्ता राईजिगं नेपालकै सुधिर गुरुगं भए। व्यक्तिगत विधा तर्फका सबै विजेतालाई बीस हजार ऐन(२ मान ऐन) नगद,ट्रफी र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago