सर्वाधिक पुरस्कार राशीको उपाधी टोक्यो ब्रदर्स ले चुम्न सफल

विश्वाश आचार्य , टोकियो जापान , बैशाख २४
एलजी एशोसिएसन जापानले टोकियोको निसिहाचिओजी अवस्थित फुटसल मैदानमा आयोजना गरेको प्रतियोगितामा जापान रहेका नेपालि २२ टिम को सहभागि रहेको थियो | ऊक्त प्रतियोगितको फाईनलमा चिरपरिचित प्रतिद्धन्दी राईजिगं नेपाल लाई शान्दार रुपमा ३-२ गोल अन्तरमा हराउँदै उपाधीको कब्जा गरेको हो।फाईनल खेलमा शान्दार जित दिलाउने क्रममा टोक्यो ब्रदर्सका शंकर श्रेष्ठ एक्लै ले ह्याट्रिक गोल गरे भने राईजिगं नेपालका सुजन गुरुगंले २ गोल गरे |

लामो समय पछि ठुलो उपाधी जितिसकेपछि टोक्यो ब्रदर्सका प्रशिक्षक सचिन श्रेष्ठ निक्कै खुशी हुँदै उहाँ ले यो जितले खेलाडी र समर्थकहरु माझ खुशी र हौसला थपिएको जानकारी गराउनु भयो।त्यसै गरी कप्तान झलक तामागंले टिमको खेलाडीहरुको लामो समय देखीको मिहिनेत र धैर्यताको कारण उपाधी संभव भएको बताउनु भयो |

प्रतियोगिताको विजेता बन्दै टोक्यो ब्रदर्सले आठ लाख ऐन(८० मान ऐन),ट्रफी र रनिगं शिल्ड प्राप्त गरेको छ भने उप विजेता राईजिगं नेपालले चार लाख ऐन(४० मान ऐन) प्राप्त गरेका छन।

त्यसै गरी व्यक्तिगत विधा तर्फ पनि टोक्यो ब्रदर्सले नै वचर्स्व कायम गरेको छ।फाईनलमा ह्याट्रिक गोल गरेका टोक्यो ब्रदर्सका शंकर श्रेष्ठले म्यान अफ द फाईनलको अवार्ड जिते।त्यसै गरी उत्कृष्ट गोलकिपर टोक्यो ब्रदर्स कै विवेक कार्की भए।उत्कृष्ट रक्षक पनि टोक्यो ब्रदर्सकै विकास चोखल भए भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि टोक्यो ब्रदर्स बाटै वाँगेल घलान घोषित भए।

त्यस्तै गरी उत्कृष्ट स्ट्राईकर राईजिगं नेपालका सुजन गुरुगं भए भने सर्वाधिक गोलकर्ता राईजिगं नेपालकै सुधिर गुरुगं भए। व्यक्तिगत विधा तर्फका सबै विजेतालाई बीस हजार ऐन(२ मान ऐन) नगद,ट्रफी र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago