त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनबाट बर्खास्तीमा परेका प्रा.डा.शशी शर्मालाई सर्वोच्च अदालतले आज पुनःबहाली गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको बैठकले प्रा.डा.शर्मालाई २०७० साल पुस २८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि अर्थात् ०७४ साल पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।
परिषद्कै २०७० साल पुस २९ गते बसेको बैठकले प्रा.डा.शर्माको नियुक्ति बदर गरी प्रा.डा.राकेशप्रसाद श्रीवास्तवलाई नियुक्ति गरेपछि शर्मा न्यायका लागि ०७० साल फागुन १ गते सर्वोच्च अदालत गरेका थिए ।
शर्माको नियुक्तिलाई बदर गरेपछि वरिष्ठताका आधारमा श्रीवास्तवलाई डिन नियुक्ति गरिएको थियो । श्रीवास्तवले राजीनामा दिएपछि प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई डिन नियुक्ति गरिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…