सर्वोच्च अदालतको आदेशः शर्मालाई तत्काल पुनःबहाली गर

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनबाट बर्खास्तीमा परेका प्रा.डा.शशी शर्मालाई सर्वोच्च अदालतले आज पुनःबहाली गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको बैठकले प्रा.डा.शर्मालाई २०७० साल पुस २८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि अर्थात् ०७४ साल पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।

परिषद्कै २०७० साल पुस २९ गते बसेको बैठकले प्रा.डा.शर्माको नियुक्ति बदर गरी प्रा.डा.राकेशप्रसाद श्रीवास्तवलाई नियुक्ति गरेपछि शर्मा न्यायका लागि ०७० साल फागुन १ गते सर्वोच्च अदालत गरेका थिए ।

शर्माको नियुक्तिलाई बदर गरेपछि वरिष्ठताका आधारमा श्रीवास्तवलाई डिन नियुक्ति गरिएको थियो । श्रीवास्तवले राजीनामा दिएपछि प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई डिन नियुक्ति गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago