40 लाख मोबाइल प्रयोगकर्ताहरू भयको सफ्टबैंकको मोवाइल सेवा अवरुद्ध

जापान, टोकियो ।२१ बिलियन डलर संकलन गर्ने लक्षसहित यसै महिना आइपिओ जारी गर्ने तयारीमा रहेको सफ्टबैंक ग्रुपलाई आजको  मोबाइल सेवा अवरुद्धले ठूलो नोक्सान पार्नसक्ने छ ।जापानको मोवाइल सेवा प्रदायक मध्येको एक प्रमुख सफ्टबैंकको  मोवाइल सेवा राजधानी टोकियो सहित देशभरका विभिन्न स्थानहरुमा सेवा अवरुद्ध भएको थियो । साथै वाइ मोवाइल तथा वाइफाई सेवा प्रयोग गरिरहेका ग्राहकहरु लाई पनि सेवा अवरुद्ध भयर करिब बेलुका ६:१५ सम्म समस्या भयको थियो ।

हुवावेसंगको सहकार्यमा फाइब जीको परिक्षण सुरु गरेको सफ्टवैकको देशभर नेटवर्क खराबी भएको समाचार आएसंगै ६ प्रतिशतसम्म सेयर कारोवारमा गिरावट आएको अन्तराष्ट्रिय समाचार संस्थाहरुलाई उधृत गर्दै जापानटुडेले जनाएको छ ।

सफ्टबैकका एक प्रवक्ताका अनुसार विहिवार दिउँसो १ बजेर ३९ मिनेटदेखि समस्या सुरु भएको र के कारण यस्तो भयो भन्ने एकिन नभएपनि मर्मतकार्य सुरु भैसकेको बताएका छन् ।सफ्टबैंकले आफ्नो वेवसाइटमा एक सूचना जारी गर्दै समस्या समाधानको प्रयास भैरहेको बताउँदै पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

प्रारम्भिक रुपमा टोकियो र ओशाकामा समस्या देखिएको भय पनी  अन्य ठूला सहरहरुमा  समेत  मोवाइल नेटवर्कमा समस्या आयको  थियो ।

कहिलेसम्म वा कति बजेसम्म समस्या समाधान भैसक्ने भन्नेवारे केही जानकारी थिएन । सफ्टबैंक शपहरुमा मोवाइलले काम नगरेपछि देखाउन आउनेहरुको भिंड देखिएको थियो , भने फेसबुक र ट्वीटरमा समेत प्रयोगकर्ताहरुले गुनासो गरिरहेका थिए ।

 

सफ्टबैंकले आफ्नो वेवसाइटमा एक सूचना जारी गर्दै समस्या समाधानको प्रयास भैरहेको बताउँदै पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

साथै बेलुका ६:१५ बाट मोवाइल सेवा प्रदायक  सफ्टबैंकको  मोवाइल सेवा सुचारू भई सकेको छ ।

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago