लुम्विनी राष्ट्रिय महोत्सवको शुभारम्भ

बुटवल २० , नारायण कोइराला । पर्यटन, कृषि र उद्योगको विकाश, राष्टिय सम्बृद्धिको आधार भन्ने मूल नाराका साथ रुपन्देहीको भैरहवामा सातौ राष्टिय लुम्विनि महोत्सव २०७५, पर्यटन, कृषि तथा राष्टिय औद्योगिक व्यापारमेला शुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा सिद्धार्थनगर भैरहवामा मंसिर २० देखि पौष १ गते सम्म मेलाको आयोजना हुने मेला आयोजक संस्थाका अध्यक्ष कुलप्रसाद न्यौपानेले जानकारी गराएका छन् । एक भव्य समारोहका साथ शुरु भएको मेलालाई पुर्व प्रधानमन्त्रि एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” द्वारा पानसमा दिप प्रज्ववलन गरि शुभारम्भ भएका छ । 

मेलाको पुर्वसंध्यामा भैरहवाको देवकोटा चोक देखि विशाल झाँकि सहितको र्‍याली बैंकरोड, नारायणपथ, बर्मेलीटोल, बुद्धचोक हुँदै मेला स्थल अञ्चलपुर पुगे पश्चात मेलाको शुभारम्भ गरिएको थियो । उद्द्धाटन कार्यक्रममा रुपन्देहीका सांसदहरु बालकृष्ण खाँड, घनश्याम भूषाल, प्रमोद यादव, पुर्व मन्त्रि दिपक बोहोरा, प्रदेश सभाका सदस्यहरु, नगरपालीका प्रमुख, गाउँपालीकाहरुका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेका थियो । 

मेलाको उद्घाटन गर्र्दै नेकपा अध्यक्ष दाहालले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सिद्धार्थ उद्योग वाणिज्य संघलाई बधाई दिँदै देशको राजनितिमा भएको परिवर्तनको समेत खुलेर प्रशंसा गरेका थिए, सो अवसरमा बोल्दै उहाँले प्रदेश ५ को नाम लुम्विनी प्रदेश राख्दा यस क्षेत्रको सबैको भावनालाई सम्मान हुने समेत बताउँदै यसको राजधानी प्रदेश सभाले टुङ्गाउनु पर्ने समेत बताउनु भयो । यस एैतिहाँसीक उपलब्धिको रक्षा गर्नको लागि सबै नेपालीलाई आह्वान समेत गर्नुभएको छ । लुम्बिनि नेपालको मात्र नभएर विश्व शान्तिको मुहान भएको हुनाले यसलाई विश्वको शान्तिवार्ता गर्ने स्थानको रुपमा विकास गर्नको लागि समेत पहल गर्ने बताउने भएको छ । 

महोत्सवमा नेपालको ताजमहलको नामले समेत परिचित रानिमहलको आकृति सहितको सचिवालय, मायाँदेवि मन्दिरको आकृतिमा नेपाली उत्पादनलाई प्राथमिकता दिनको लागि नेपाल पेभिलियनको व्यवस्था, अन्तराष्ट्रिय कुस्ति प्रतियोगता, आर्कषक वाल उद्यान, कृषी पर्दशनि, व्यापार व्यवसायका स्टलहरु समेत रहेको छ । मेला अवधिवर सुरक्षाको लागि सि.सि.टि.भि. क्यामराको समेत जडान गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago