आज बालाचर्तुदशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै

काठमाडौँ, मंसिर २०। दिवङ्गत परिवारका सदस्यहरुको चिरशान्तिको कामना गर्दै आज बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइदै छ ।

सतबिज छर्न श्रद्धालु भक्तजनको बुधबार राति नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सतबिजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

आजका दिन मृगस्थलीमा सतबिज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

परिवारका दिवङ्गत सदस्यको चिरशान्तिको कामनाका साथ मार्ग कृष्ण त्रयोदशीका दिन राति नै पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनले दीपदान गरेका छन् । धैरै भक्तजन दीपदान गरी रातभर पशुपतिनाथ मन्दिर परिसरमा नै सतबिज छर्न जागराम बसेको थिए ।

आज नुवाकोट, म्याग्दीलगायत देशका अन्य शक्तिपीठहरुमा पनि सतबिज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago