नुवाकोटका राजिव सिटौला अमेरिकी सेनाको विमान उडाउने पहिलो नेपाली

काठमाडौं भाद्र २१ । अमेरिकालाई सपनाको संसार मानेर आफ्नो स्वर्णिम भविष्यको कल्पना गर्दे त्यता जान खोज्नेहरु धेरै पाईन्छन् । हजारौं नेपालीहरुले आफुलाई अमेरिकामा सफल वनाउने प्रयासमा केन्द्रित गरिरहेका पनि छन् । अझ केही नेपालीहरु अमेरिकी राज्य संयन्त्रको महत्वपूर्ण अंगहरुमा समेत आफ्नो प्रभावशाली हैसियत जमाउन सफल भएका छन् भने उनीहरुकै कारण नेपालले अमेरिकीहरु माझ थप चिनिने अवसर पनि पाउँदै आएको छ ।

यिनै सफल नेपालीहरु मध्येका एक हुन नुवाकोटका राजिब सिटौला । ३० बर्षको उमेरमै राजिवले अमेरिकी सेनामा प्राप्त गरेको सफलता धेरै युवाहरुका लागि मार्गदर्शक समेत वन्न सक्छ । ७ वर्ष अगाडि अमेरिकी सेनामा कार्यरत राजिव अमेरिकी सेनाको ‘वारेण्ट अफिसर वान’ पदमा हालैमात्र पदोनन्ती भएका छन् ।

अमेरिकी सेनामा पहिलो नेपाली वायुयान चालकका रुपमा रहेका राजिव अमेरिकी सेनामै रहेर पाईलट कोर्स सम्पन्न गरी अमेरिकी आकाश र अमेरिकी सेना रहेका बिदेश स्थित क्याम्पहरुमा बिमान उडाउँदै एक कुशल विमान चालकको छवी समेत बनाईरहेका छन् ।

नुवाकोटको पंचकन्या गाउँपालिका वडा नं. ६ को भद्रुटारमा पिता रामराज सिटौला र माता निर्मला सिटौलाको पहिलो सन्तानको रुपमा जन्मिएका राजिवको प्रवेशिका सम्मको शिक्षा स्वयम्भुको आनन्दकुटी बिद्यापीठ र उच्च माध्यमिक शिक्षा लाजिम्पाटको जेभीयर ऐकेडेमीबाट पुरा भएको थियो ।

त्यसपछि २०६४ सालमा अमेरिका पुगेका राजिव मिनिसोटाको सेन्क्लाउड युनिभर्सिर्टीबाट मेकानिकल ईन्जिनियरिङको अध्ययन समाप्त गरेपछि अमेरिकन सेनामा प्रवेश गरेका थिए । सानै उमेरदेखि पढाईमा अव्वल सावित हुँदै आएका राजिवको सफलताले नेपालमा रहेका उनका मातापिता अत्यन्त हर्षित बनेका छन् ।

काठमाडौंको गोंगबुमा रहेर सामाजिक कामहरुमा समेत सक्रिय राजिबका पिता रामराज भन्छन् – ‘राजिबको सफलताले नेपालको समेत प्रतिनिधित्व गर्नु हाम्रो लागि अत्यन्त गर्वको बिषय हो र उसमा रहेको दृढ आत्मबिश्वासले अझै धेरै सफलता प्राप्त गर्नेमा हामी बिश्वस्त छौं ।’

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago