म्यादी अवधिको उच्स्तरीय वार्ता टोलीद्वारा द्वन्द्वरत पक्षसँग वार्ता सफल पार्ने दावी

भोजराज भट्टराई , पाल्पा, २१ भाद्र  । तीन महिना समय अवधीको लागि गठन गठन भएको उच्चस्तरीय वार्ता टोलीले हिंसात्मक विद्रोही पक्षसँग वार्ता गरी हिंसा अन्त्य गर्ने दावी गरेका छन् । टोली संयोजक सोमप्रसाद पाण्डेले सोमबार तानसेनमा पत्रकार भेटघाट गरी देशमा रहेका सबै असन्तष्ट द्वन्द्वरत पक्षहरूसँग वार्ता गरी सवैलाई संविधानको पक्षमा ल्याउन पहल गर्ने जनाए । ‘समय छोटो भएर फरक पर्दैन’ पाण्डेले भने–‘समय सीमा के कति भन्दा पनि कामलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ टोली केन्द्रीत रहनेछ ।

उनले सबै भन्दा ठूलो संगठनको रुपमा देखिने गरी आएको विप्लव समूहलाई वार्ताका लागि औपचारिक पहल गरिने बताए । ‘हामीले उहाँहरुका सुभेच्छुक, निकटका व्यक्तिहरूसँग आसय बुझिसकेका छौं । उहाँहरू वार्तामा बसेर शान्तिपूर्ण बाटोमा आउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ उनले द्वन्द्वरत पक्षहरूसँग के कसरी बार्ताको माध्यमबाट अगाडि बढ्ने भन्नेतर्फ तयारी थालिएको र तयारी पूरा भएलगत्तै आधिकारिक रुपमा पत्राचारसहित बार्ता आह्वान गरिने जानकारी दिए ।

हाल देशभर १ सय भन्दा बढी विप्लवका कार्यकर्ताहरू प्रशासनिक प्रकृतिका किटानी जाहेरीलाई आधार मानेर प्रक्राउ गरिएकोले यसलाई राजनीतिक प्रतिशोधको रुपम नबुझ्न आग्रह गरे । ‘विप्लवका कार्यकर्ताहरू सवै प्रशासनिक प्रक्रियाबाट पक्राउ परेका हुन् । उहाँहरूको लागि राजनीतिक विषयबाट पक्राउ गरिएको छैन ’ पाण्डेले बताए ।

उनले तराईमा रहेका गोहीत समूह, पाल्पालाई केन्द्र बनाएर स्थापित माओवादी कम्प्युनिष्ट केन्द्र, सिके राउत लगायत अन्य समूहको पहिचान गरी लिखित प्रक्रियाबाट बार्ताको लागि आह्वान गरिने बताए । उनले हिंसारत पक्ष र युद्धरत पक्षहरूसँग वार्ताको माध्यमबाट सरकार अगाडि बढी शान्तिपूर्ण प्रक्रियामा अगाडि बढ्न लागिपरेकोले सञ्चारकर्मीहरूलाई जानकारीमा भएका गतिविधिबारे सूचना गरी सहयोग गर्न आग्रह गरे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago