चाइनाले नेपाललाई सबै बन्दरगाह उपलब्ध गराउन सहमत , भारतलाई ठुलो झड्का

काठमाडौं भाद्र २१ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा शुरु भएको छ । प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिए । उनले भने, “पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति प्रदान गर्ने सङ्केत गरेको छ ।

यातायातसम्बन्धी अन्य प्राविधिक विषयमा सहमति जुटाउन छलफल जारी छ । उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव सैजुको नेतृत्वमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको सहभागिता छ भने चीनका तर्फबाट यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सिपिङको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । दोस्रो परामर्श बैठक गत असार २६ र २७ गते बेइजिङमा बसेको थियो ।

नेपालले चीनसँग सामान आयात निर्यातका लागि सबै बन्दरगाह उपलब्ध गराउन माग गरेको छ । बैंठकमा नेपाल पक्षले उक्त माग राखेको हो । नेपाल र चीनबीच सन् २०१६ मा भएको परवहन सन्धिलाई कार्यान्वय गराउनका लागि भएको प्रोटकल बैंठकमा नेपालले चीनसँगको सबै नाका र बन्दरगाह उपलब्ध गराउन माग गरिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । ‘हामीले चिनियाँ पक्षसँग तेस्रो मुलुकबाट सामान आयात तथा निर्यात गर्न सबै बन्दरगाह उपलब्ध गराउन माग गरेका छौं भने नेपालसँगको ६ वटै नाका खुला गरिदिन माग गरेका छौं,’ उनले भने, ‘यी सबै विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएका छन् सम्भवत कार्यान्वयनमा आउछ होला ।

दुई देशबीच भइरहेको प्रोटोकल बैंठकमा चिनियाँ पक्षबाट ११ र नेपाली पक्षबाट पनि सोही अनुरुप सदस्यहरु रहेका छन् । नेपालको माग अनुरुप चीनले नेपाललाई बन्दरगाह उपलब्ध गराएमा जापान, कोरियालगायतका मुलुकबाट सामान आयात गर्न सहज हुनुका साथै लागत समेत कम पर्न जाने छ । अहिले चीनले नेपाललाई बन्दरगाह उपलब्ध नगराउँदा तेस्रो मुलुकबाट हुने आयात सबै भारतीय बाटो हुँदै ल्याउनुपर्ने बाध्यता छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago