नवनिर्वाचीत गल्कोट समाजका अध्यक्ष दिलु खत्रीद्धारा अप्रत्यासित पदबाट राजीनामा को घोषणा

अगस्ट ६ टोकियो ।
गल्कोट समाज जापानको दुई बर्षे कार्यकालका लागि निर्वाचीत भएका अध्यक्ष दिलु खत्रीले निर्विरोध निर्वाचीत भएको हप्तादिनमै पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।

अधिवेशन सकिएको हप्तादिन हुन लाग्दा समेत सम्वद्ध जिम्मेवार व्यक्तिहरुले कार्यसमितिलाई पूर्णता दिन तदारुकता नदेखाएको भन्दै अध्यक्ष दिलु खत्रीले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।

सर्वसम्मत चयन भएको अध्यक्षको जिम्मेवारीले कार्यसमितिलाई पूर्णता दिन पहल गर्दा जिम्मेवार पक्षबाट असहयोग भएपछि बाध्य भएर पदबाट राजिनामा दिने निर्णय गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

‘संस्थालाई अलमलमा राखेर नेतृत्वमा रहिरहनु भन्दा बाटो खुल्ला गरेर अघि बढ्न दिनु उचित ठानेर आफुले आजैका मितिदेखी लागुहुनेगरि गल्कोट समाज जापानको अध्यक्षपदबाट राजिनामा दिएको’ दिलु खत्रीले बताउनुभयो ।

हप्तादिनमै नेतृत्वबाट राजिनामा दिएपछिको अवस्थाबारे सोधिएको जिज्ञासामा खत्रीले ‘आफ्नो बारे गरिएका टिप्पणीले खासै असर नपरेपनि केही व्यक्तिबाट संस्थालाई नै विवादमा तान्ने र असर पर्नेगरि गरिएको टिका टिप्पणीले मन दुखेको’ भन्दै ‘प्यारो जिल्ला बाग्लुगं र आफ्नो जन्मथलो गल्कोटको भुमीलाई सँधै मायाँ र आवश्यकतामा दिलो ज्यानले सहयोग गर्न तयार रहेको’ बताउनुभयो ।

गल्कोटलाई मायाँ गर्ने, म प्रति शुभेच्छा राख्नुहुने अनि समाजलाई राम्रो सँग अघि बढेको हेर्न चाहने शुभेच्छुक, समर्थक र आवद्ध सबैमा मलाई दिनुभएको शुभकामनाको लागि हृदयदेखी धन्यवाद व्यक्त गर्दछु । जापान, नेपाल सहित विश्वभर रहेका गल्कोटे तथा परिचित व्यक्तिहरुको मायाँ, सद्भाव र शुभकामनालाई खेर जान नदिइ संस्थाबाट बाहिर रहेपनि गल्कोट क्षेत्रको लागि सँधै सकेको साथ र सहयोग गर्न तयार रहेको विश्वास दिलाउँदछु’ गल्कोट समाज जापानमा नयाँ नेतृत्वको लागि बाटो खुल्ला गरिदिएको सार्वजनिक जानकारि गराउँदै खत्रीले भन्नुभयो ।

फोटो फेस्बुक बाट  साभार गरिएको

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago