टोकियो अगस्ट ६ ।
गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २२ औ, रोधीं सॉझ २०१८ मा नेपाली सागितिक आकाशका चर्चित गायिक मेलिना राई, लोकदोहोरी गायिका कृष्णा गुरुङ जापान आउने तमुधीं जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनु भएको छ ।
नेपालको सुगम संगित तथा नेपाली फ़िल्म गितहरुमा चर्चित स्वर दिएकी राई र लोकदोहोरी क्षेत्रमा चर्चित गायिका कृष्णा गुरुङ आउने भएपछि तयारी तिब्र पारिएको हो । रोधीं सॉझ यस बर्ष यहि अगष्ट १९ तारिक आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा २२औ रोधीं सॉझ हुनेछ ।
तमुधीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार सॉझ र अगष्ट महिनामा रोधीं सॉझ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष अमर गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार रोधीं सॉझमा नेपालबाट आमन्त्रित कलाकारहरू सहित स्थानिय कलाकारहरूको पनि बेजोड़ प्रस्तुति हुने भएपछि जापानमा रहेका संगितका शुभचिन्तकहरुले राम्रो प्रतिक्रिया दिएको हुदा दुबै कलाकार सहित तमूहरुको सांस्कृतिक कोशेलिहरुको तयारी गर्ने काम पनि भएको बताउनु भयो ।
गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने, तमुधीं जापानले जानकारी दिएको छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…