टोकियो अगस्ट ६ ।
गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २२ औ, रोधीं सॉझ २०१८ मा नेपाली सागितिक आकाशका चर्चित गायिक मेलिना राई, लोकदोहोरी गायिका कृष्णा गुरुङ जापान आउने तमुधीं जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनु भएको छ ।
नेपालको सुगम संगित तथा नेपाली फ़िल्म गितहरुमा चर्चित स्वर दिएकी राई र लोकदोहोरी क्षेत्रमा चर्चित गायिका कृष्णा गुरुङ आउने भएपछि तयारी तिब्र पारिएको हो । रोधीं सॉझ यस बर्ष यहि अगष्ट १९ तारिक आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा २२औ रोधीं सॉझ हुनेछ ।
तमुधीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार सॉझ र अगष्ट महिनामा रोधीं सॉझ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष अमर गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार रोधीं सॉझमा नेपालबाट आमन्त्रित कलाकारहरू सहित स्थानिय कलाकारहरूको पनि बेजोड़ प्रस्तुति हुने भएपछि जापानमा रहेका संगितका शुभचिन्तकहरुले राम्रो प्रतिक्रिया दिएको हुदा दुबै कलाकार सहित तमूहरुको सांस्कृतिक कोशेलिहरुको तयारी गर्ने काम पनि भएको बताउनु भयो ।
गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने, तमुधीं जापानले जानकारी दिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…