समबेदना व्यक्त गर्दै, जनसम्पर्क समिती जापानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

टोकियो अगस्ट ५ बिस्वास आचार्य ।
नेपाली जनसम्पर्क समिती जापानले जापान भ्रमणमा रहनुभएका ने वि संघ बाग्लुग पुर्व सभापति तथा ने वि संघ पुर्व केन्द्रीय सदस्य युवा नेता महेन्द्र प्रसाद कडेल तथा नवलपुरका युवा नेता सि आर कंडेल सगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिती जापानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा युवा नेता महेन्द्र कंडेलले मन्तव्य दिदै आफुलेपनि अव कहिल्यै गुटवन्दी नगर्ने र अरुले पनि गुटवन्दी गर्न नहुने तर्क गर्नुभएको थियो । जनसम्पर्क समिती जापानका कार्यवाहक सभापति रामकृष्ण वम मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा जापान भ्रमणमै रहनु भएका अर्का नवलपुरका नेता सी आर कडेलले पनि जनसम्पर्क समिती जापानकै पहलमा गुटवन्दी मुक्त कांग्रेस अभियान चलाउनु भएकोमा सवैलाई धन्यवाद दिनु भएकोथियो ।

कडेलले अवको अधिवेशन मिलेर सर्वसहमतीमा सम्पन्न गरि सवैतिर मेलमिलापको सन्देश दिनुपर्नेमा जोड दिनुभएको थियो । उपसभापति पिताम्वर चापागाई को स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा नेपालि काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति तथा पुर्व सभासद कमल पङ्गेनी ज्युको मिति २०७५/४/१९ गतेका दिन भएको असमायिक निधनले स्तब्ध बनाएको भन्दै यस दुखको घडीमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल सबैमा जनसम्पर्क समिती जापानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समबेदना व्यक्त गर्दै निधन हुनुभएका पङ्गेनी पार्टीलाई दिएको योगदानको सम्झना गर्दै स्रदान्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिती जापानका नि वर्तमान सभापति डि पी कंडेल उपसभापति राजेन्द्र प्रसाद जमरकट्टेल,कान्तो सभापति यदुराम सापकोटा लगायतले बोल्नुभएको थियो। कार्यक्रम समितीका महामन्त्री रामजंग कार्कीले सन्चालन गर्नुभएको थियो

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago