क्यानडामा भैरहेको ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिगमा नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव देखाउन थालेका छन् । मोन्ट्रियल टाइगर्समा आवद्ध सन्दीपले सुरुको खेलमा महंगो बलिङ गरे पनि पछिल्ला दुई खेलमा भने फर्किएका छन् । पहिलो खेलमा सन्दीपले ४ ओभर ५७ रन खर्चिएर एक विकेट लिएका थिए ।
आफ्नो दोस्रो खेलमा सन्दीपले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएर एक विकेट लिएका थिए । मोन्ट्रियल टाइगर्सको पहिलो खेल भने सन्दीपले प्राविधिक कारणले गर्दा गुमाएका थिए । बुधबार भएको एडमन्टन रोयलविरुद्धको खेलमा सन्दीपले शानदार बलिङ गरेका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा नै मेडन ओभर राख्दै एक विकेट लिए ।
सन्दीपले फ्याँकेको गुगली बल सिधै विकेटमा लाग्न पुगेको थियो ।
उनले १२ बल खेल्दै ९ रन बनाएर खेलिरहेका एडमन्टनका भरपर्दा ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । त्यस्तै उनले आफ्नो दोस्रो ओभरमा मात्रै पाँच रन खर्चिए भने तेस्रो ओभरमा सात रन खर्चिए । मोन्ट्रियल टाइगर्सका लागि १२ औँ र आफ्नो अन्तिम ओभरमा सन्दीपले मात्रै ४ रन खर्चिए ।
बुधबारको खेलमा सन्दीपको टिम मोन्ट्रियलले एडमन्टन रोयल्सलाई १५ रनले हरायो । चार खेलमध्ये यो नै सन्दीपको टिमको पहिलो जित हो । पहिले ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । १३० रनको विजयी रन पछ्याएको एडमन्टन रोयल १९ ओभर एक बलमै आफ्ना सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको थियो ।
मोन्ट्रियल टाइगर्सले अर्को खेल जुलाई ९ मा टोरन्टो नेसनलसँग खेल्दैछ । सन्दीप लामिछानेलाई मोन्ट्रियल टाइगर्सले ४० हजार डलरमा किनेको थियो । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीपले आफूले खेलेका तीन खेलमै पाँच विकेट लिँदै विश्वभरबाट चर्चा बटुलेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…