अमेरिकाले शान्तिको वातावरण बिगार्न खोजेको किमको आरोप

काठमाडौं, २३ वैशाख

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीचको पहिलो शिखर सम्मेलन हुनुअघि प्योङयाङले आइतवार अमेरिकाको आलोचना गरेको छ । उत्तरलाई वार्ताको टेबलमा ल्याउनका लागि अत्यधिक राजनीतिक दबाब दिने ट्रम्पको नीतिले काम गरेको भनी अमेरिकाले झुटो दाबी गरेको प्योङयाङ बताउँछ ।

उत्तरको आधिकारिक समाचार संस्थाले विदेश मन्त्रालयको एक प्रवक्तालाई उद्धृत गर्दै यस्ता दाबीहरू कोरियाली प्रायद्वीपमा फक्राइरहेको शान्तिप्रयासलाई बिगार्ने उद्देश्यले गरिएको लेख्यो । किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग अप्रिलको अन्त्यतिर गरेको शान्ति सम्मेलनपछि दुई कोरियाबीच सहजता आएको छ ।

उक्त सम्मेलनमा किमले उत्तर र दक्षिणको सम्बन्ध सुधारका लागि अनेकौं उपाय अपनाउन सहमति जनाएका छन् । उनले कोरियाली प्रायद्वीपलाई गैरआणविकीकरण गर्ने विषयमा छलफल गर्न समेत इच्छा देखाएका छन् । तर त्यसमा के के कुरा समेटिन्छन् र उत्तरले कस्ता शर्त तेर्स्याउँछ भन्ने कुरा पनि व्याख्या गरिएको छैन ।

ट्रम्प र अमेरिकाका वरिष्ठ अधिकारीहरूले उत्तर कोरियाप्रति वाशिङटनको कठोर नीतिका कारण अनि अमेरिकाको प्रमुख व्यापारिक साझेदार चीनको दबाबका कारण कोरियाको चरम तनावपूर्ण स्थितिलाई उल्ट्याउन सफल भएको दाबी गर्ने गरेका छन् ।

अघिल्लो वर्ष मात्र किमले लगातार लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरिरहेका थिए अनि ट्रम्पसँग गालीगलौजको दोहोरी खेलिरहेका थिए । यस्तो अवस्थामा गैरआणविकीकरणको मुद्दामा वार्ता होला भनी कसैले अपेक्षा गरेको थिएन ।

उत्तरले आइतवार जारी गरेको बयान ट्रम्पसँगको वार्ताअघि किम बलियो स्थितिमा छन् भनी देखाउनका लागि हो जस्तो देखिन्छ । प्योङयाङले वर्तमान स्थितिका लागि किम आफैंको प्रमुख भूमिका रहेको बताएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago