टेण्डर फारम दर्ता गर्न गएका व्यवसायीमाथि कुटपिट मा प्रहरी मुक दर्शक

रबिन्द्र बैशाख २३, गोरखा ,

गोरखा पालुङटार नगरपालिकाको कार्यालयमा शुक्रवार टेण्डर फारम दर्ता गर्न गएका व्यवसायीमाथि कुटपिट भएको घटनाले नयाँ रुप लिएको छ । प्रहरी नियन्त्रणमा रहेका राजन सुनार जिल्ला प्रहरी कार्यालय गोरखाबाटै फरार भएपछि घटनाले नयाँ रुप लिएको हो । निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारी नेतृत्वको टोलीले बन्धक बनाएर कुटपिट गरेको भन्दै पीडित व्यवसायीले शुक्रबार निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठ र महासचिव भण्डारी बिरुद्ध उजुरी दिएका थिए ।

कुटपिट गर्ने बिरुद्ध पीडितहरुले शुक्रवार इलाका प्रहरी कार्यालय ठाटीपोखरीमा उजुरी दिएका हुन् । त्यस्तै पीडितले शनिवार राजन सुनार, खुशी तामाङ, रोहन भट्टराइ र सन्दिप तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका राजन सुनार जिल्ला प्रहरी कार्यालय गोरखाबाटै फरार भएका छन् । शुक्रवार संघका अध्यक्ष श्रेष्ठसँगै सुनार र अन्य केही व्यवसायीहरुलाइ प्रहरी कार्यालयमा ल्याए पनि सुनार भने त्यहीँबाट फरार भएको स्रोतको भनाइ छ ।

वल्र्डवाइड कन्स्ट्रक्शनका प्रतिनिधि राम थापा र हरि भट्टराईलाई अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारी नेतृत्वको टोलिले गुण्ड लगाएर बन्धक बनाई कुटपिट गरेका थिए । पालुङटार नगरपालिका-वडा नम्वर ९ मा बन्ने वडा कार्यालय भवन र राधाकृष्ण बारपिर्के ग्रामिण सडक स्तरोन्नतीका लागी ठेक्का खुलेको थियो । ७८ लाखको भवन र ७७ लाखको सडक स्तरोन्तीका लागी ठेक्का आह्वान गरिएको हो ।

उप-मेयर माथि अपशव्द :- ठेक्का छेक्नेहरुले उपमेयर पम्फा बसेल माथि पनि दुव्र्यबहार गरेका थिए । ‘शुक्रबार टेण्डर फर्म दर्ता गर्ने अन्तिम दिन थियो । मेयरसाब नहुनुभएकाले निमित्तको काम मैले नै गरिरहेको थिएँ’ उपमेयर बसेलले भनिन् ‘दिनभरि घटना भयो, दुईबजेतिर हरि भट्टराई र राम थापा मेरो कार्यकक्षमा आउनु भयो । त्यहाँ भएको घटनाको बिरोध गरें । त्यही भएर केटाहरु ममाथि पनि खनिए । भन्न हुने नहुने अपशव्द बोले ।

प्रहरी मुक दर्शक :- उपमेयर पम्फा बसेलले प्रहरी समेत मुक दर्शक भएको आरोप लगाएकी छिन् । उनले भनिन असह्य हुने गरी दुव्र्यबहार गरे ।’ त्यति घटना हुँदासम्म पनि आफूसंगै रहेका इलाका प्रहरी कार्यालय पालुङ्टारका इञ्चार्ज इन्स्पेक्टर मुकदर्शक भएर बसिरहे । ‘घटना नियन्त्रण गर्न पटक पटक अनुरोध गर्दा पनि प्रहरीले भीड हटाएनन्, चुँक्क एकशव्द पनि बोलेनन् । यस्तो प्रहरीको सेवाबाट के सुरक्षाको प्रत्याभूति हुन्छ ?’ उनले आक्रोश व्यक्त गरिन् ।

प्रहरीमाथि अर्को शंका :- घटनाले यो रुप लिदा समेत जनप्रतिनिधिले भनेको समेत प्रहरीले नमानेकाले प्रहरीमाथिनै संका उत्पन्न भएको पिडितले बताएका छन् । फेरी प्रहरी नियन्त्रणमा रहेका राजन सुनार जिल्ला प्रहरी कार्यालय गोरखाबाटै फरार भएको घटनाले झन् शंका गर्ने ठाउ दिएको छ । उनीहरुले जति सक्दो चाडो घटनाको सत्य-तथ्य बाहिर ल्याउन समेत माग गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago