आईफोन स्लो बनाएको एप्पलले स्वीकार्‍यो

एजेन्सी :आईफोनले लामो समयदेखि पुराना मोडलका आईफोन चलाइरहेका प्रयोगकर्ताहरुले नयाँ फोनको खरिद बढाउनका लागि पुराना फोन स्लो गरेको आरोप लगाएका थिए र पुराना भर्सनका आईफोनको प्रोसेसरलाई स्लो बनाएकोमा चर्को आलोचना भइरहेपछि एप्पल कम्पनीले माफी नै मागेको छ ।अब कम्पनीले ती ब्याट्री परिवर्तन गर्न तयार रहेको जनाउँदै त्यसका लागि सन् २०१८ मा ल्याइने सअफ्टवेयरबाट आईफोन प्रयोगकर्ताले आफ्नो फोनको ब्याट्रीको लाइफमा नजर राख्न सक्ने बताएको छ।

हालै मात्र एप्पलले यो आरोपलाई स्वीकारेको छ । त्यसपछि अमेरिकामा एप्पलविरुद्ध मुद्दा नै चलाइएको छ । गल्ती स्वीकारेपछि कम्पनीले चर्को आलोचना भोग्यो । एप्पलले एक विज्ञप्ती निकाल्दै कम्पनीको वारेन्टी भन्दा बाहिर भइसकेका ब्याट्री फेर्न लाग्ने खर्च पनि ७९ डलरबाट घटाएर २९ डलर गर्ने निर्णय गरेको छ । यो छूट आईफोन-६ र त्यपछि आएका सेटमा लागू हुनेछ ।
एप्पलले फोन स्लो गरेको कुरा स्वीकार्दै भनेको छ,’लिथियम इयोन ब्याट्रीसँगको समस्या केबल एप्पलको उत्पादनमा मात्रै छैन । पुरानो ब्याट्री १०० प्रतिशत विद्युत् आपूर्ति गर्न सक्षम हुँदैन ।’
आईफोन ६, आईफोन ६ एस र आईफोन एसईका लागि एप्पलले एउटा फिचर जारी गरेको छ । यसको उद्धेश्य प्रोसेसरको धेरै पावर मागलाई नियन्त्रण गर्नु रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago