आईफोन स्लो बनाएको एप्पलले स्वीकार्‍यो

एजेन्सी :आईफोनले लामो समयदेखि पुराना मोडलका आईफोन चलाइरहेका प्रयोगकर्ताहरुले नयाँ फोनको खरिद बढाउनका लागि पुराना फोन स्लो गरेको आरोप लगाएका थिए र पुराना भर्सनका आईफोनको प्रोसेसरलाई स्लो बनाएकोमा चर्को आलोचना भइरहेपछि एप्पल कम्पनीले माफी नै मागेको छ ।अब कम्पनीले ती ब्याट्री परिवर्तन गर्न तयार रहेको जनाउँदै त्यसका लागि सन् २०१८ मा ल्याइने सअफ्टवेयरबाट आईफोन प्रयोगकर्ताले आफ्नो फोनको ब्याट्रीको लाइफमा नजर राख्न सक्ने बताएको छ।

हालै मात्र एप्पलले यो आरोपलाई स्वीकारेको छ । त्यसपछि अमेरिकामा एप्पलविरुद्ध मुद्दा नै चलाइएको छ । गल्ती स्वीकारेपछि कम्पनीले चर्को आलोचना भोग्यो । एप्पलले एक विज्ञप्ती निकाल्दै कम्पनीको वारेन्टी भन्दा बाहिर भइसकेका ब्याट्री फेर्न लाग्ने खर्च पनि ७९ डलरबाट घटाएर २९ डलर गर्ने निर्णय गरेको छ । यो छूट आईफोन-६ र त्यपछि आएका सेटमा लागू हुनेछ ।
एप्पलले फोन स्लो गरेको कुरा स्वीकार्दै भनेको छ,’लिथियम इयोन ब्याट्रीसँगको समस्या केबल एप्पलको उत्पादनमा मात्रै छैन । पुरानो ब्याट्री १०० प्रतिशत विद्युत् आपूर्ति गर्न सक्षम हुँदैन ।’
आईफोन ६, आईफोन ६ एस र आईफोन एसईका लागि एप्पलले एउटा फिचर जारी गरेको छ । यसको उद्धेश्य प्रोसेसरको धेरै पावर मागलाई नियन्त्रण गर्नु रहेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago