काठमाडौं । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ ।
प्रस्तावित नया शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपिया प्रस्ताव गरिएको छ । विभागको मातहतमा गए लगत्तै संग्रहालयले नया शुल्कको प्रस्ताव गरेको हो । हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपिया उठाउदै आएको थियो ।, आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…