मकवानपुर । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन प्रतिवन्ध लगाउने तयारी गरेको सरकारले मुख्यमन्त्रीबाट त्यसको शुरुवात गर्न लागेको हो।
मुख्यमन्त्रीको लागि सुविधायुक्त पाँच सिटे विद्युतीय जीप ल्याइएको हो। चीनमा उत्पादन गरिएको बीवाईडी जिपको मूल्य ५५ लाख रुपैंया पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।
जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको छ भने २ घण्टा चार्ज गर्दा जिप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ। उक्त जीप नेपालका लागि चिनियाँ कम्पनीको सो गाडिहरुको बिक्रेता सूर्या गुड्स सप्लायर्समार्फत् ल्याईएको हो। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…