हजारौं आप्रवासीलाई गोली हान्न ट्रम्पको आदेश

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाक्षेत्र हुँदै अमेरिका छिर्दै गरेका आप्रवासीहरुलाई गोली चलानउ सुझाव दिएका छन् । ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोरबाट मेक्सिको हुँदै अमेरिका छिर्न प्रयासरत ५ हजार भन्दा बढी आप्रवासीहरुलाई गोली चलाउन आदेश दिएका हुन् ।

आप्रवासीहरुले सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेको अवस्थामा उनीहरुमाथि गोली चलाउन ट्रम्पले आदेश दिएका छन् । अहिलेसम्म अमेरिकी सेनाले भने आप्रवासीहरुमाथि गोली चलाएको छैन । आप्रवासीहरुले पनि अहिलेसम्म ढुंगामूढा गरेका छैनन् ।

ट्रम्पले यसअघि नै ती मानिसहरुले आफ्ना सेना तथा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै हिंसात्मक गतिविधि गरेको दावी गरेका छन् । राष्ट्रपति ट्रम्प्ले ती आप्रवाशीलाई रोक्न मेक्सिकोको सीमा क्षेत्रमा १५ हजार सुरक्षाकर्मी खटाएको छ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आएका छन् । उनले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै आलोचना गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लश्करमा आपराधिक समूहका सदस्य मिसिएको बताएका छन् । उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह गरेका छन् । अन्लाईन बाट साभार ।  

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago