कोरियाको ५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक मा नेपालाई ठुलो सफलता

काठमाडौं – कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालाई ठुलो सफलता हात परेको छ ।नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले बिभिन्न अन्तराष्ट्रिय अवार्ड नेपाल भित्र्याउन सफल भएका छन् ।

कार्यक्रममा विक्रम र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड जित्दा अदीति अधिकारले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञावलीले ‘बेष्ट पर्सनालिटी’ अवार्ड हात पारे ।

कोरियोको इन्चियोनको सोङडो अन्तराष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म अर्थात ( ११ कत्र्तिकदेखि १५ सम्म’ आयोजित कार्यक्रममा यी सहभागीले नेपालका बिभिन्न कलासंस्कृति बिश्वका सहभागी माझ राखेका थिए ।

नेपालको प्रतिनिधित्व अवार्डमा सहभागी मध्य अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनर अप र थर्ड रनरअप बिजेता हुन् ।

अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् ।सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् । सबै सहभागी मंगलबार काठमाडौ फर्किने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago