जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमलाई अनुदान

काठमाडौँ/ जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम ९एसएसडिपी० कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य÷गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन÷अध्यापनको सुधार हो । त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित हुनु दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग पुग्नु हो भन्नुभयो । सहसचिव नेपालले नेपालको आर्थिक सामाजिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago