भाइरलको प्रकोपले विद्यालय बन्द

दार्चुला/ नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोपले यहाँस्थित केदारेश्वर मावि सुण्डमुण्डु बन्द गरिएको छ ।एक सातादेखि फैलिएको भाइरलले गाउँभरिका बालबालिका तथा वृद्धवद्धासहित विद्यालयमा अध्ययनरत ३५० विद्यार्थीमध्ये आधाभन्दा बढी प्रभावित भएका छन् ।

विद्यालयका शिक्षक प्रेमसिंह ठगुन्नाका अनुसार भाइरलकै कारण विद्यार्थीको नियमित पठनपाठनमा समस्या भएपछि आजदेखि विद्यालय बन्द गरिएको हो । दशैँ बिदा यही असोज २४ गतेदेखि गर्नुपर्ने भए पनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय चाँडै बन्द गरिएको उहाँले बताउनुभयो ।

प्रभावित विद्यालयमा सामुदायिक स्वास्थ्य एकाइ सुण्डमुण्डुको स्वास्थ्यकर्मीको टोलीले आज विद्यालयमै औषधि वितरण गरेको छ । सबै विद्यार्थी र शिक्षकमा भाइरल फैलिँदै गएपछि स्वास्थ्यकर्मीको टोलीलाई विद्यालयमै बोलाएर औषधि वितरण गरिएको हो । एकाइका प्रमुख रमेशसिंह ठगुन्नाले भन्नुभयो, “अहिले विद्यालय क्षेत्र र बढी प्रभावित क्षेत्रमै औषधि दिएका छौँ ।

मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य एकाइ तथा निजी मेडिकलमा बिरामीको भीड लाग्ने गरेको छ ।” भाइरल कम गर्नका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली विद्यालय र गाउँमा पठाइएको नौगाड–२ का वडाध्यक्ष नरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । बिरामीको निगरानीमा दुई अहेब परिचालन गरिएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago